Type Here to Get Search Results !

अदालतले जनताको अभिमतलाई संरक्षण गर्ने छ नेता पुनको भनाई

माघ १० रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य वर्षमान पुनले अदालतले जनताको अभिमतलाई संरक्षण गर्ने विश्वास गरेका छन् । रोल्पाको घर्तीगाउँमा भएको सभालाई सम्बोधन गर्दै पुनले जनताको अभिमतभन्दा बाहिर अदालत नजाने विश्वास व्यक्त गरेका हुन् । उनले केपी ओली समूहले जनताको हित विपरित काम गरिरहेकाले पराजित सुनिश्ति भएको दाबी गरे । कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्ती, प्रदेश सांसद दिपेन्द्रकुमार पुनलगायतको नेताको पनि उपस्थिति रहेको थियो । प्रचण्ड-नेपाल समूहले हिजो मात्रै पूर्वी रोल्पाको सुलिचौरमा प्रतिनिधि सभा विघटनाको विरोधमा जनसभा गरेको थियो । यसअघि उक्त समूहले सदरमुकाम लिवाङमा जनसभा गरिसकेको छ ।