गाउँपालिका स्तरिय प्रधानाध्यापकको वैठक होलेरीमा सम्पन्न

होलेरी पौष २४ रुन्टीगढी गाउँपालिका स्तरिय प्रधानाध्यापकहरुको वैठक बुधवार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । रुन्टीगढी गाउँपालिका शिक्षा शाखाको आयोजनामा उक्त बैठक सम्पन्न भएको हो । विश्वमा कोरोना महामारीको रुप लिएको सन्र्दभमा रुन्टीगढी गाउँपालिकामा शैक्षिक क्षेत्रहरुमा परेको प्रभाव को वारेमा समेत छलफल भएको वताइएको छ । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा वसेको बैठकले रुन्टीगढी गाउँपालिका अन्र्तगतका विद्यालयहरुको शिक्षक तथा विद्यार्थीहरुको विवरण,विद्यालयमा भएको सकारात्मक पक्षका कार्यहरु,सुधार गर्नुपर्ने विषयहरुको वारेमा व्यापक छलफल भएको वताइएको छ । कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुन,सामाजिक विकास संयोजक याम बहादुर दशौदी राणा, प्रमुख प्रशासकिय अधिकृत वासुदेव भट्टराई, रुन्टीगढी गाउँपालिका वडा नं. ९ का अध्यक्ष नेप बहादुर थापा, वडा सदस्य जिवराज खत्री,रुन्टीगढी गाउँपालिका शिक्षक महासंघ का अध्यक्ष भिम बहादुर दशौदी,शिक्षा शाखा प्रमुख अञ्जु शर्मा,स्रोत व्यक्ती कुलराज आर्चाय, रुन्टीगढी गाउँपालिकाका विद्यालय अन्र्तगतका प्रधानाध्यापक हरुको उपस्थितीमा वैठक सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिने क्रममा बोल्ने बक्ताहरुले शिक्षा क्षेत्र विकासको पहिलो खुड्किलो भएको वताउदै शिक्षाको गुणस्तरमा बृद्धि ल्याउनको लागी शिक्षक, विद्यार्थी ,अभिभावक र स्थानिय निकायले जिम्मेवारीपुर्वक आफ्नो भुमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिएका थिय । कार्यक्रमको उद्घाटन सत्रको समापन गर्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बुढाले देशको दक्ष जनशक्ती उत्पादन गर्ने क्षेत्रनै शिक्षा क्षेत्र भएको हुँदा यस क्षेत्रको विकास को लागी स्थानिय सरकार सधै सकारात्मक भएको उल्लेख गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण रुन्टीगढी गाउँपालिका शिक्षा शाखा प्रमुख अञ्जु शर्माले गर्नुभएको थियो ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 273 Heights of Runtigadi.ic.