किशोरीहरुका लागी आइरन फोलिक एसिड वितरण सम्वन्धी पालिका स्तरिय समिक्षा कार्यक्रम होलेरीमा
17:42
पौष २७
रोल्पाको रुन्टीगढी गाउँपालिका अन्र्तगत स्वास्थ्य शाखाको आयोजनामा किशोरीहरुका लागी आइरन फोलिक एसिड वितरण सम्वन्धी पालिका स्तरिय समिक्षा कार्यक्रम आईतवार रोल्पाको होलेरीमा सम्पन्न भएको छ ।
रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा अतिथीहरु मा उपाध्यक्ष छमायाँ पुन, प्रमुख प्रशासकिय अधिकृत वासुदेव भट्टराई,स्वास्थ्य शाखा संयोजक गणेश बुढा, शिक्षा प्रमुख अञ्जु शर्मा, पोषण तथा स्वास्थ्य अधिकृत विवेक उप्रेती,रुडस नेपालका फिल्ड संयोजक टेकेन्द्र घर्ती लगायत रुन्टीगढी गाउँपालिका अन्र्तगत विभिन्न विद्यालय का शिक्षकहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा आइरन फोलिक एसिडको आवश्यकता र महत्वको बारेमा समेत अन्र्तक्रिया गरिने जानकारी प्राप्त भएको छ ।
कार्यक्रममा बोल्दै रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भट्टराईले यो कार्यक्रम वाट सिकेका सिप र ज्ञानको उपलव्धी दिर्घकालिन रुपमा देखिने भएको हुँदा गम्भीर भएर ब्यवाहारमा लागु गर्नको लागी सम्पुर्ण सम्वन्धीत कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रमको समापन गर्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बुढाले शुशासन र काममा गुणस्तर ल्याउने भनेकै कर्मचारी भएकोले सम्पुर्ण सम्वन्धीत निकाय तथा कर्मचारीहरुलाई अनुरोध गर्दै कार्यक्रमको फलदायीको कामना समेत गर्नुभएको थियो।
रुन्टीगढी गाउँपालिकाका शिक्षा प्रमुख अञ्जु शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण स्रोतब्याक्ती कुलराज आर्चायले गर्नुभएको थियो