Type Here to Get Search Results !

रुन्टीगढी गाउँपालिकाको सिमाङ्कन तथा नक्साङ्कन सर्वदलिय तथा सर्वपक्षिय छलफल कार्यक्रम होलेरीमा सम्पन्न

होलेरी पौष २५ रोल्पाको रुन्टीगढी गाउँपालिका अन्र्तगत गाउँपालिकाको सिमाङ्कन तथा नक्साङ्कन सम्वन्धी कार्यदलको आयोजनामा सर्वदलिय तथा सर्वपक्षिय छलफल कार्यक्रम होलेरीमा शुक्रवार सम्पन्न भएको छ । कार्यदलका संयोजक जगत बहादुर घर्ती को सभाध्यक्ष मा सम्पन्न भएको कार्यक्रममा ,प्रमुखअतिथीहरुमा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा, उपाध्यक्ष छमायाँ पुन, प्रमुख प्रशासकिय अधिकृत वासुदेव भट्टराई, सिमाङ्कन तथा नक्साङ्कन सम्वन्धी विज्ञ भोलानाथ आर्चाय ,कार्यदलका सदस्यहरु,वडाध्यक्षहरु,राजनैतिक दलका प्रमुखहरु,पुर्वजनप्रतिनिधिहरु,बुद्यीजिवी,स्थानिय समाजसेवी,पत्रकार लगायत स्थानिय नागरिकहरु को व्यापक उपस्थितीमा कार्यदल को बैठक सम्पन्न भएको हो । कार्यक्रम को अवधिमा सिमाङ्कन तथा नक्साङ्कन सम्वन्धी विज्ञ भोलानाथ आर्चायले कस्तो अवस्थामा वडाहरुको सिमाङ्कन तथा नक्साङ्कन हेरफेर गर्ने सकिने , यसकालागी चाहीने आधारभुत कुराहरुको वारेमा प्रष्ट पार्नुभएको थियो ।करिव ३० मिनेट को खुला छलफलमा उपस्थित भएका सम्पुर्ण आम नागरिकहरुले रुन्टीगढी गाउँपालिकाका वडाहरुको सिमाङ्कन तथा नक्साङ्कन सम्वन्धी आफ्नो भनाई हरु प्रस्तुुत गरेको थिय । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुन्टीगढी का सभापती जनक पुनले यो रुन्टीगढी गाउँपालिकाका वडाहरुको सिमाङ्कन, नक्साङ्कन हेरफेर तथा परिमार्जन संसद्य विघठन जस्तै असंवैधानिक र नितिनियम विपरित भएको जिकिर गर्नुभएको छ। यस्तै कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पाटी नेकपाका प्रनितिनिधी गोविन्द पुन नजर ले जनताको आवश्यकता को आधारमा गरिएको रुन्टीगढी गाउँपालिका अन्र्तगत वडाहरुको सिमाङ्कन ,नक्साङ्कन स्वागतयोग्य र नितिसंगतनै भएको उल्लेख गर्नु भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले जनताको गुनासो र आवश्यकता अनुसारनै रुन्टीगढी गाउँपालिकाले काम गर्ने उल्लेख गर्दै प्रशासनिकता र नागरिकको सहजताको लागी रुन्टीगढी गाउँपालिकाको वडाहरुको सिमाङ्कन तथा नक्साङ्कन लाई परिमार्जन गनको लागी कार्यदलले सर्वपक्षिय र सर्वदलिय छलफल कार्यक्रमको आयोजना गरिएको वताउनुभएको छ । फरक प्रसंगमा बोल्दै कार्यक्रममा बोल्ने बक्ताहरुले वडाहरुको सिमानक्सालाई परिमार्जन गरिनु निती विपरित भएको भन्ने भनाई निरर्थक भएको उल्लेख गर्दै उहाँले नितिनियमहरु अध्यन गर्नपनि आग्रह गर्नुभएको छ। कार्यदलका सदस्य पारसमणि गिरी को स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सहजिकरण पर्यटन फोकल पर्सन दिपक डाँगीले गर्नुभएको थियो ।