Type Here to Get Search Results !

ईलाका प्रहरी कार्यालय होलेरीद्धारा बालविबाह,आत्महत्या र घरेलु हिंसा विषयक घरदैलो अभियानमा तिव्रता

माघ १० होलेरी,रोल्पा रोल्पाको दक्षिण क्षेत्रमा अहिले ईलाका प्रहरी कार्यालय होलेरीले बालविबाह,आत्महत्या र घरेलु हिंसा विषयक घरदैलो अभियानलाई तिव्रता दिएको छ । विभिन्न समयमा उल्लेखित विषयवस्तुमा कहिले विद्यालयमा पुगेर सचेतना दिने र कहिले स्थानिय नागरिकको घरदैलोमा पुगेर वालविवाह,तथा घरेलु हिंसा सम्वन्धी सचेतनामुलक जानकारी गराईरहेको छ । यसै क्रममा ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाबाट संचालन गरिएको घरदैलौ अभियानकै क्रममा खटिएका प्रहरी निरीक्षक संकर खड्का समेतको टोलीले रोल्पाको विभिन्न स्थानमा बस्ने बालबालिकाहरूले वालबिवाह गरेको अवस्थामा फेला पारी निज बालबालिकाहरुलाई अविभावकहरू सहित ईलाका प्रहरी कार्यालयमा उपस्थित गराई उमेर पुगेपछि मात्रै विवाह गर्ने सम्वन्धी आवश्यक सल्लाह तथा कानुनी प्रावधान को वारेमा जानकारी गराई गरीे अविभावकहरूको जिम्मा लगाई पठाईएको ईलाका प्रहरी कार्यालय होलेरी का प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक संकर खड्काले जानकारी दिनुभएको छ ।यसै क्रममा रोल्पा रुन्टिगढी गाउँपालिका ८ बस्ने वर्ष २५ को पुरुष र सोही स्गानमा बस्ने बर्ष १६ की बालिका ,रोल्पा रुन्टिगढी गाउँपालिका ९ सखी बस्ने बर्ष २० पुरुष र रुन्टीगढी ८ खसगौरी बस्ने बर्ष १६ की बालिका,रोल्पा त्रिवेणी गाउँपालिका२ दहबन बस्ने बर्ष १७ को पुरुष र त्रिवेणि गाउँपालिका ह्याङ बस्ने बर्ष १७ की बालिका र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका २ दहबन बस्ने बर्ष १८ को पुरुष र रुन्टिगढी ७ बलबाङ बस्ने बर्ष १७ की बालिका लाई सम्वन्धीत अभिभावक लाई आवश्यक कानुनी उपचार सम्वन्धी जानकारी गराई घर पठाईएको उहाँले जानकारी दिनुभएको छ । यो अभियान अझै केहि दिनसम्म सन्चालन हुँने प्रहरी निरिक्षक खड्काले जानकारी दिनुभयो।