Type Here to Get Search Results !

लैङगिक हिंसा,तथा कानुनी प्रावधान विषयक तालिम रोल्पाको होलेरीमा

माघ २० होलेरी,रोल्पा अष्ट्रेलियन एडको आर्थिक सहयोेग आडा« नेपाल रुपान्तरण र ग्रामिण विकास तथा चेतना समाज रुडास नेपाल को समझेदारी मा संचालित जिवीकोपार्जन परियोजना गोल २ को आयेजनामा महिला अधिकारकर्मीहरुका लागी लैङगिक,तथा कानुनी प्रावधान विषयक तालिमको उद्घाटन्सत्र रोल्पाको होलेरीमा सम्पन्न भएको छ । करिव २० जना प्रशिक्षार्थी रहेको उक्त कार्यक्रममा लैङगिक हिंसा,तथा कानुनी उपचारको वारेमा महिला अधिकारकर्मी संग ३ दिन वृहत छलफल गरिने जानकारी प्राप्त भएको छ । कानुनी उपचार को बारेमा इलाका प्रहरी कार्यालय होलेरी का प्रहरी निरिक्षक संकर खड्काले प्रष्ट पार्नुभएको थियो । रुडास नेपाल रोल्पा जिल्ला अध्यक्ष विनोद रिजालको सभाध्यक्ष मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुन, अतिथी हरुमा इलाका प्रहरी कार्यालय होलेरी का प्रहरी निरिक्षक संकर खड्का,रुडास नेपालका हिरा थापा लगायत अन्य कर्मचारीहरु समेत रहनुभएको वताइएको छ । स्वागत मन्तव्य दिदै रुडास नेपालका हिरा थापाले रुडास नेपाल रोल्पाले गरेको क्रियाकलापलाई प्रस्तुत गर्दै तालिमको योजना र उपलव्धीको वारेमा जानकारी समेत दिनुभएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पुनले हाम्रो गाउँसमाजमा लैङ्गिकहिंसाको घटनाहरु भएको सुन्ने गरेको र हाम्रा समाजमा घट्ने घटनालाई निराकरण गर्नको लागी महिला अधिकारकर्मीको भुमिका महत्वपुर्ण भएको भन्दै यहाँ सिकेका कुराहरुलाइ आफ्नो गाउँसमाजमा लागुगरेमा सभ्य तथा सुरक्षित समाज निर्माणमा टेवा पुग्ने कुरामा जोडदिदै हाम्रो गाउँसमाज मा लैङगिक हिंसा न्युनिकरणको लागी स्थानिय सरकार सधै तत्पर रहेको कुरामा समेत जोड दिनुभएको थियो । कार्यक्रमको सहजीकरण गोल २ परियोजना रुन्टीगढी गाउँपालिका का संयोजक वासुदेव पोखे्रल गर्नुभएको थियो ।