Type Here to Get Search Results !

सामाजिक कुरिती र कुसंस्कारका विरुद्ध होलेरी मा सचेतना कार्यक्रम सम्पन्न

फाल्गुन १४ ,होलेरी रोल्पा सामाजिक कुरिती र कुसंस्कारका विरुद्ध होलेरी मा सचेतना कार्यक्रम सम्पन्न भएको छ । रुन्टीगढी गाउँपालिका अन्र्तगत महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा को आयोजनमा भएको उक्त कार्यक्रम को अध्यक्षतामा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा यस्तै अतिथीहरुमा उपाध्यक्ष छमायाँ पुन,प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई, इलाका प्रहरी कार्यालय होलेरी का प्रहरी निरिक्षक संकर खड्का, जनप्रतिनिधिहरु,शाखा प्रमुख,पत्रकार लगायत पालिका अन्र्तगत करिव ६० जना महिलाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा समाजमा रहेका कुरीती ,कुसंस्कार,कुप्रथा,लैङगिक हिंसा,मानव वेचविखन तथा ओसारपोसार सम्वन्धी ब्यापक छलफल भएको छ। कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत भट्टराई ले समाजमा मुख्य जडको रुपमा रहेका यस्ता कुसंस्कार र कुरितीलाई निर्मुल पार्नको लागी हामी सवै एक भएर लाग्नुपर्ने कुरामा जोड दिनुभएको छ । कार्यक्रमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष बुढाले समाजमा रहेका कुरीती ,कुसंस्कार,कुप्रथा,लैङगिक हिंसा,मानव वेचविखन तथा ओसारपोसार को मुख्य समस्या नै अशिक्षा भएको भन्दै यस्ता समाजलाई नराम्रो वाटो तर्फ लैजाने तत्वहरुलाई न्युनिकरण गर्नको लागी गाउँगाउँमा यस्तै सचेतना मुलक कार्यक्रमको आवश्यक रहेको वताउनु भयो। रुन्टीगढी गाउँपालिका सामाजिक विकास संयोजक याम बहादुर दशौदी राना को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिका अन्र्तगत महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख शिला मल्लले गर्नु भएको हो।