Type Here to Get Search Results !

पर्यटन फोकल पर्सन को विदाई,कर्मचारीहरु भावुक

फाल्गुन १७ ,होलेरी रोल्पा रुन्टीगढी गाउँपालिका ,रोल्पामा लामो समय देखि कार्यरत पर्यटन फोकल पर्सन दिपक डाँगीको आईतवार एक कार्यक्रमका विच विदाई गरिएको छ । विगत लामो समयदेखी जिल्ला विकास समिती रोल्पामा कार्यरत रहि रुन्टीगढी गाउँपालिका आउनुभएका डाँगी करिव १५ वर्ष सेवामा सर्मपित भई स्वच्छिक अवकास लिनुभएको हो। कार्यक्रममा उपस्थित हुनुभएका सम्पुर्ण अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत,जनप्रतिनिधिहरु,कर्मचारीहरुले फुलमाला लगाई विर्दाइ गर्नुभएको हो । विदाई हुदै उहाँले रुन्टीगढी गाउँपालिकाले आफुलाई धेरै ज्ञान र सिप दिएको बताउदै रुन्टीगढी गाउँपालिकाप्रती आफु जहाँ रहेपनी सहयोग र सद्भाव रहने कुरा उल्लेख गर्नुभएको छ । विदाई कार्यक्रममा बोल्दै अतिथीसमेत रहनुभएका रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वासुदेव भट्टराईले मिलन पछि विछोड स्वभाविक प्रक्रिया भएको बताउदै उहाँले धेरैकुराहरुको सकारात्मक छाप छोड्नुभएको उल्लेख गर्नुहुदै डाँगीको आगामी दिनको सुखद् कार्यसफलताको कामना समेत गर्नुभएको छ । कार्यक्रमको समापन गर्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा ले यो प्रक्रिया स्वभाविक भएपनि आफुलाई रुन्टीगढी गाउँपालिकाले एउटा दरिलो खम्वा गुमाएको जस्तो महसुस भैरहेको बताउदै डाँगीले गाउँपालिकालाई अगाडी बढाउनको लागी खेलेको भुमिका सधै अविस्मरणिय रहने कुरा उल्लेख गर्दै उहाँको अवको यात्रा सुखद् सफलताको कामना समेत गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष छमायाँ पुन,प्रवक्ता जगत बहादुर घर्ती,सामाजिक विकास संयोजक याम बहादुर दशौदी राना लगायत सम्पुर्ण जनप्रतिनिधि,शाखा प्रमुख,कर्मचारी हरुको उपस्थिती रहेको थियो । साथै आईतवार रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा रुन्टीगढी गाउँकार्यपालिकाको बैठक बसी शिक्षाको सिकाई अनुदान कार्यक्रम अन्र्तगत मा.वि. तथा आधारभुत विद्यालयहरुमा आवश्यकता अध्यन गरी सिकाइ अनुदान उपलव्ध गराउने लगायत को निर्णय भएको प्रवक्ता जगत बहादुर घर्तीले जानकारी दिनुभएको छ।