Type Here to Get Search Results !

लैङगिकहिंसा न्युनीकरणको लागी महिला अधिकारकर्मीको भुमिका महत्वपुर्णः अध्यक्ष बालाराम बुढा

मनोज पुन,माघ २३ होलेरी,रोल्पा हाम्रो गाउँसमाजमा लैङगिकहिंसा,वालविवाह अझैपनि जडको रुपमा रहेको हुँदा यसको न्युनीकरणको लागी महिला अधिकारकर्मीको भुमिका महत्वपुर्ण रहने कुरा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले बताउनु भएको छ । अष्ट्रेलियन एडको आर्थिक सहयोेग आडा« नेपाल रुपान्तरण र ग्रामिण विकास तथा चेतना समाज रुडास नेपाल को साझेदारी मा संचालित जिवीकोपार्जन परियोजना गोल २ को आयेजनामा महिला अधिकारकर्मीहरुका लागी लैङगिक,तथा कानुनी प्रावधान विषयक तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष बुढाले यस्तोकुरा बताउनु भएको हो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका बुढाले हाम्रो गाउँसमाजमा लैङ्गिकहिंसाको घटनाहरु भएको सुन्ने गरेको र हाम्रा समाजमा घट्ने घटनालाई निराकरण गर्नको लागी महिला अधिकारकर्मीको भुमिका महत्वपुर्ण भएको भन्दै यहाँ सिकेका कुराहरुलाइ आफ्नो गाउँसमाजमा लागुगरेमा सभ्य तथा सुरक्षित समाज निर्माणमा टेवा पुग्ने कुरामा जोडदिदै हाम्रो गाउँसमाज मा लैङगिक हिंसा न्युनिकरणको लागी स्थानिय सरकार सधै तत्पर रहेको कुरामा समेत जोड दिनुभएको थियो । करिव २० जना प्रशिक्षार्थी रहेको उक्त कार्यक्रममा लैङगिक हिंसा,तथा कानुनी उपचारको वारेमा महिला अधिकारकर्मी संग ३ दिन वृहत छलफल गरिएको हो । कानुनी उपचार को बारेमा इलाका प्रहरी कार्यालय होलेरी का प्रहरी निरिक्षक संकर खड्काले प्रष्ट पार्नुभएको थियो । रुडास नेपाल रोल्पा जिल्ला अध्यक्ष विनोद रिजालको सभाध्यक्ष मा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य रुडास नेपालका हिरा थापाले दिनुभएको थियो भने कार्यक्रमको सहजीकरण गोल २ परियोजना रुन्टीगढी गाउँपालिका का संयोजक वासुदेव पोखे्रल गर्नुभएको थियो ।