Type Here to Get Search Results !

प्रयोगबिहिन खाद्यन्नलाई पालिकाद्धारा नष्ट

माघ २८ होलेरी,रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकाले प्रगोगबिहिन खाद्यान्नलाई नष्ट गरेको छ । कोराना महामारीको समयमा विभिन्न स्थानबाट आएको अनुदान खाद्यान्न खानयोग्य नभएपछि पालिकाले नष्ट गरको हो । खाद्यान्न ढुवानीको बेलामा पानीले भिजेको र स्टोररुमा बर्षातको समयमा चिस्यान भई खाद्यान्न बिग्रिएर खानयोग्य नभएपछि विभिन्न सरोकारवाला निकायको रोहबरमा नष्ट गरिएको छ । रुन्टीगढी गाउँपालिकाका सामाजिक विकास संयोजक एवं ५ नं. वडा अध्यक्ष यामबहादुर दशौंदीले स्थानीय जनताहरुलाई राहत वितरण गरी बचेको खाद्यान्न मौसम प्रतिकूलका कारण बिग्रिएको १३ क्वाइन्टल चामल र ६ सय ५१ किलो दाल २०७७ पौष १७ गते बसेको कार्यपालिको बैठकले नष्ट गर्ने निर्णय गरेको बताए । प्रयोग बिहिन चामल र दाललाई कार्यपालिकाको निर्णय पश्चात आज अर्र्थात् यही माघ २८ गते बिहान ९ बजे जनप्रतिनिधिहरु, ईलाका प्रहरी कार्यालय होलेरी र स्थानीय पत्रकारहरुको सहभागितामा खाल्डामा पुरिएको समेत उनले बताए ।