घोराही होलेरी सडक खण्ड सुधार तथा स्तरोन्नतीको माग गर्दे होलेरी मा स्थानियद्धारा विरोध प्रर्दशन
18:40
होलेरी रोल्पा फाल्गुन १८
शहिद मार्ग घोराही होलेरी सडक खण्ड सुधार तथा स्तरोन्नतीको माग गर्दे स्थानियले विरोध प्रर्दशन गरेका छन् । यहि विरोध प्रर्दशन कार्यक्रम अन्र्तगत हिजो राल्पाको होलेरीमा स्थानिय नागरिक पर्दशनी र पत्रकार सम्मेलन गरि र्रयाली निकालिएको हो ।
आर्थिक वर्ष २०७४÷७५ मा संघिय सरकारको ४७ करोड वजेटबाट कालोपत्रे गरिएको २९ किलोमिटर घोराही होलेरी सहिद मार्ग डेढ वर्ष नबित्दै ध्वस्त बनेपछि स्थानियहरुले सुरक्षित यात्रा गर्न पाउने आफ्नो अधिकारको माग गर्दे रोल्पाको होलेरीमा सोमवार विभिन्न दवाव मुलक कार्यक्रमहरु गरेका हुन ।
लुविनी प्रदेश अन्तर्गत रोल्पाको लाईफ लाईननै रहेको घोराही होलेरी सहिद मार्ग असुरिक्षित तथा जोखिमपुर्ण यात्रा गर्न पर्ने बाध्यता निम्तीएको र देशमा रहेको तीन तहकै सरकार मुखदर्शक मात्र बनेपछि रोल्पाका स्थानिय युवा, व्यवसायी, पर्यटन व्यसायीहरुको फागुन ५ गते होलेरीमा बसेको भेलाले घोराही होलेरी सहिद मार्ग सुधार संघर्ष समिति गठन गरेर यस सडक खण्डको अवस्थामा सुधार नआए सम्म चरणबद्ध आन्दोलन गरिने संघर्ष समितिका सल्लाकार केशवराज चन्दले बताए
यस सडक खण्ड भएरै सोनापुर सिमेन्ट प्राली र सम्राट सिमेन्ट कारखाना दाङका सयौं टिपरहरु सडकको भारवहन क्षमता भन्दा वढि चुनढुङगा बोकेर अन्दाधुन्द गुड्ने गरेका छन् यसले पनि सर्वसाधारण यात्रुहरुलाई पिडा तथा जोखिम बढाएको स्थानिहरुले गुनासो गरे । चुनढुङगा ओसार पसार गर्न उद्योग तथा यातायात मन्त्रालयले रोल्पाको होलेरी, डुब्रिङ हुदै दाङको छिल्लीकोट भएर दुध्रास निस्कने छुट्टै औद्योगिक मार्गको समेत निमार्ण सुर गरेपनि रोल्पाको रुन्टीगढी गाँउपालिका र घोराही उपमहानगरपालिका स्गानिय सरकारको लापरवाहीका कारण यो मार्गले समेत पुर्णता पाउन नसकेको संघर्ष समितिका संयोजनक नन्दराम खड्काले बताए ।
हाम्रो माग पुरा गर, हाम्रो निकास सहिद मार्गको विकास, टिपर जात्रा बन्द गर, धुवाधुलो चाहिदैन जनता मार्ने पाईदैन, सुरक्षित यात्रा कायम गर, सडक निमार्ण चाडै गर भने नारा सहित होलेरीको जुनेटा बजार देखि गाउँपालिका कार्यालय सेवा केन्द्र हुदै होलेरी बजारमा आएर कोण सभामा परिनत भएको थियो ।
कार्यक्रममा बोल्दै समितिको सल्लाहाकार देवेन्द्र बोहोराले संमितिको मागहरू पुरा नभए चरणबद्ध रुपमा विभिन्न दवाव मूलक कार्यक्रमहरु गर्ने चेतावनी दिए । उनले माग पुरा नभए उद्योगका टिपरहरुलाई प्रतिबन्ध गर्ने बताए ।
कार्यक्रमा बोल्दै स्थानियहरुले पटक पटक सम्वन्धीत निकायलाई ध्यानाकर्षण गराउदा समेत व्यवास्था गरेको कारण पनि आन्दोलन थप जटिल र क्षेति भए त्यसको कुनै पनि जिम्मा समितिले नलिने संयोजक खड्काको भनाई छ ।