Type Here to Get Search Results !

पालिका स्तरिय लापा कार्यान्वयन समिक्षा तथा योजना तर्जुमा गोष्ठी होलेरीमा

चैत्र ४ गते होलेरी,रोल्पा पहाडी साना किसानका लागी अनुकुलन आयोजना जिल्ला समन्वय इकाई रोल्पाको आयोजना तथा रुन्टीगढी गाउँपालिकाको समन्वयमा रोल्पाको होलेरीमा मंगलवार पालिका स्तरिय लापा कार्यान्वयन समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा को सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा सम्पुर्ण जनप्रतिनिधि , कार्यपालिकाका सदस्यहरु गाउँपालिका अन्र्तगतका शाखा प्रमुखहरु , पहाडी साना किसानका लागी अनुकुलनका विशाल रायमाजी,शिवा चन्द लगायतको उपस्थिीतीमा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा पहाडी साना किसानका लागी अनुकुलनका विशाल रायमाजीले आर्थिकवर्षमा आशा आयोजनाले रुन्टीगढी गाउँपालिका अन्र्तगतका वडाहरुमा गरिएको क्रियाकलापको वारेमा प्रष्ट पार्नु भएको छ । पहाडी साना किसानका लागी अनुकुलनका क्षेत्रगत कर्मचारीहरुले आआफ्नो क्षेत्रमा गरिएको कार्यविवरण समेत कार्यक्रममा प्रस्तुत गर्नुभएको छ । कार्यक्रमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष बुढाले पहाडी साना किसानका लागी अनुकुलन आयोजनाले रुन्टीगढीका विभिन्न वडाहरुमा गरिएको कार्य स्रहाानिय भएको उल्लेख गर्दै पहाडी साना किसानका लागी अनुकुलन आयोजनाले ग्रामिण क्षेत्रमा गरिएको क्रियाकलापले स्थानिय नागरिकलाई सहजता भएको र आगामी दिनहरुमा कार्यसम्पादन गर्दा आवश्यक समन्वय गरेर अगाडी वढ्ने कुरामा जोड दिनुभएको छ ।कार्यक्रमको सहजीकरण पहाडी साना किसानका लागी अनुकुलन आयोजनाका सुभद्रा गिरीले गर्नुभएको थियो।