Type Here to Get Search Results !

घरदैलो अभियान अन्र्तगत इलाका प्रहरी कार्यालय होलेरी बस्ती बस्तीमा

चैत्र १३ गते होलेरी,रोल्पा रोल्पाको इलाका प्रहरी कार्यालय होलरीले पछिल्लो क्रममा जातिय छुवाछुत तथा वालबिवाह सम्बन्धी प्रशिक्षण तथा जनचेतनामूलक कार्यक्रम विभिन्न ठाउँमा गर्दै आएको छ । जातिय छुवाछुत तथा वालबिवाह न्युनिकरण को उद्येश्य लिएको यो अभियानले तिव्रता पाएको छ । यसै क्रममा विहिवार रोल्पा जिल्ला रुन्टिगढी गाँउपालिका वडा नं ६ स्थित नवनेपाल प्राथमिक विद्यालय धारपानीमा आमा समूहहरूमा आबद्द महिला, स्वयमसेविका, बाल क्लव एंव स्थानिय व्यक्तीलाई भेला गरी “बाल विवाह, महिला हिंसा, यौन दुर्व्यवहार, जातिय छुवाछुत, घरेलु मदिरा रोकथाम” सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी निरिक्षक शंकर खड्काले जानकारी दिनुभएको छ । ग्रामिण क्षेत्रमा जनचेतनामुलक यस्ता कार्यक्रम गर्दा स्थानिय नागरिकहरु खुसी भएको समेत उहाँले बताउनुभयो । यो अभियान निरन्तर संचालनमा रहेको इलाका प्रहरी कार्यालय होलेरीले जानकारी दिएको छ ।