Type Here to Get Search Results !

३ महिने सिलाईकटाई तालिमको उद्घाटन रुन्टीगढी ९ रोल्पामा

मनोज पुन चैत्र २ गते,होलेरी रोल्पा नेपाल सरकार उद्योग मन्त्रालय अन्र्तगत रुन्टीगढी गाउँपालिका उद्यम विकास कार्यक्रम को आयोजनामा रुन्टीगढी ९ पौवा मा ३ महिने सिलाईकटाई तालिमको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ। ग्रामिण भेगका स्थानिय नागरिकलाई सिप सिकेर ब्यवहारमा लागु गरी आत्मनिर्भर बनाउने उद्येश्यले तालिमको आयोजना गरिएको उद्योग विकास कार्यक्रम का फोकल पर्सन रुपेश अधिकारीले जानकारी दिनुभएको छ । रुन्टीगढी गाउँपालिका वडा नं ९ का अध्यक्ष नेप बहादुर थापाको अध्यक्षता उद्घाटन गरिएको उक्त तालिमको प्रमुख अतिथी रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा,अतिथिहरुमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई,उद्योग विकास कार्यक्रमका विज्ञ गोपाल पोखे्रल,प्रशिक्षक सुस्मीता चौधरी लगायतको उपस्थिती मा कार्यक्रमको उद्घाटन गरिएको हो । २० जना प्रशिक्षार्थी रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत वासुदेव भट्टराइले सिप सिकेर आत्मनिर्भर बनाउने उद्येश्य लिएको यो तालिममा सहभागीहरुले आवश्यक सिप सिकेर ब्यवहारमा लागु गर्न सम्पुर्ण प्रशिक्षार्थीलाई आग्रह गर्नुभएको छ । तालिमको उद्घाटन ब्यानर पढेर गर्दै प्रमुख अतिथी समेत रहनुभएका रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले ग्रामिण भेगका स्थानिय नागरिकको जिवनस्तरलाई सहज वनाउनको लागी नेपाल सरकारले विभिन्न कार्यक्रम ल्याएको र सोही कार्यक्रम वमोजिम रुन्टीगढी ९ मा ३ महिने सिलाईकटाई कार्यक्रम भएको जानकारी दिनुभएको छ । कार्यक्रममा वोल्दै अध्यक्ष बुढाले यस तालिमबाट सिकेका सिपलाई ब्यवहारमा लागुगरी यहाँका स्थानिय नागरिक आत्मनिर्भर हुने कुरामा जोड दिनुभएको छ। उद्योग विकास कार्यक्रम का विज्ञ गोपाल पोख्रेल को स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रमका फोकल पर्सन रुपेश अधिकारीले गर्नुभएको जानकारी प्राप्त भएको छ ।