रुन्टिगढि गाउँपालिका ८ मा निर्माण भएको त्रसपुल को यक कार्यक्रम का बिच गाउपालिका अध्यक्ष द्वारा उद्घाटन, स्थानिय खुसी

चैत्र ३ गते होलेरी,रोल्पा सोमवार रुन्टिगढि गाउँपालिका ८ मा निर्माण भएको त्रसपुल को एक कार्यक्रम का बिच गाउपालिका अध्यक्ष बालाराम बुढा द्वारा उद्घाटन भएको छ ।नेपाल सरकारको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम बाट २५लाख ८सय ८६रुपैयाँ, रुन्टीगढी गाउँपालिकाको १ लाख ६३ हजार रुपैयाँ र स्थानिय को करिव ५४ हजार रुपैयाँ को लागत मा निर्माण सम्पन्न भएको पुल को उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रम मा अन्य जनप्रतिनिधि हरु,कर्मचारीहरु ,दिकोस रोल्पा का प्रमुख देव वहादुर वली, निर्माण कम्पनी का प्रतिनिधि हरु,नेपाली काङ्ग्रेसका देवेन्द्र बोहोरा,संचारकर्मी, लगायत स्थानीय नागरिकको सहभागिता मा कार्यक्रम सम्पन्न भएको हो ।पुलको उद्घाटन पछि स्थानीय नागरिक हर्सित भएका छन् । कार्यक्रम मा सहभागी हुनु भएका अतिथी समेत रहनुभएका नेपाली कांगे्रस का देवेन्द्र वोहोराले नेपाल सरकार र स्थानिय सरकारले गरेको यो पुल निर्माणको कार्यले यस ठाँउका नागरिकहरुले अव जोखिमपुर्वक यात्रा गर्नुनपर्ने वताउदै पुलको संरक्षण गर्दै प्रयोग गर्न आव्हान समेत गर्नुभएको थियो । पुलको उद्घाटन गर्दै प्रमुख अतिथी समेत रहनुभएका रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले पुलको संरक्षण गर्ने यहाँका स्थानिय नागरिकका दायित्व भएको हुदा संरक्षण गर्र्दै प्रयोग गर्न र स्थानिय जनता को खुसीको लागी स्थानिय सरकार सधै जनता संगै भएको कुरामा जोड दिनुभएको थियो । पुल निर्माण समिती का कोषाध्यक्ष पुर्णीमाया घर्ती को सभाध्यक्षमा सम्पन्न भउको कार्यक्रम को सहजीकरण ईन्द्र वहादुर घर्ती ले गर्नुभएको जानकारी प्राप्त भएको छ । यसैक्रममा सोमवार गाउँपालिकाका अध्यक्ष बालाराम बुढा , स्थानिय समाज सेवी तथा नेपाली कांग्रेस का देवेन्द्र बोहोरा , कर्मचारी र पत्रकार सहितको टोलीले रुन्टिगढि गाउँपालिका ८ नम्बर वडा कार्यालयको निर्माण भैरहेको भवन को अबलोकन तथा अनुगमन समेत गरिएको छ ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 273 Heights of Runtigadi.ic.