Type Here to Get Search Results !

सवारी दुर्घटना न्यूनिकरण एंवम ट्राफिक नियम सम्बन्धी प्रशिक्षण होलेरी मा सम्पन्न

चैत्र ४ गते होलेरी,रोल्पा रोल्पाको इलाका प्रहरी कार्यालय होलरीले सवारी दुर्घटना न्यूनिकरण एंवम ट्राफिक नियम सम्बन्धी प्रशिक्षण कार्यक्रम होलेरी मा सम्पन्न गरेको छ । इलाका प्रहरी कार्यालय होलेरीको आयोजनामा मंगलवार प्रहरी कार्यालय होलेरी को प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । रुन्टिगढी गाउँपालिका अन्तर्गत विभिन्न वडा हरुमा संचालन हुदै आएका अटो चालक तथा कार्यालयमा कार्यरत प्रहरी कार्मचारीहरु समेत गरी करिव२५० जना लाई सवारी दुर्घटना न्यूनिकरण एंवम ट्राफिक नियम सम्बन्धी प्रशिक्षण,सवारी साधनको प्राबिधिक चेकजाँच,सवारी साधनको अवस्था,सवारी चालकको लाईसेन्स,सवारी साधनको कागजात, सिट क्षमता अनुसार यात्रु संख्या राख्ने सम्बन्धी बिषयमा प्रशिक्षण गरिएको इलाका प्रहरी कार्यालय का प्रहरी निरिक्षक संकर खड्काले जानकारी दिनुभएको छ । यो कार्यक्रम बाट रोल्पाको रुन्टीगढी गाउँपालिका क्षेत्र लगायतका क्षेत्रमा अटोचालक तथा प्रहरी कर्मचारीहरुलाई नितिनियम तथा दुर्घटना न्युनिकरणको उद्येश्यका साथमा यस्तो कार्यक्रमको आयोजना गरिएको प्र.नि. खड्को वताउनुभएको छ ।