सामी परियोजना को अर्धवार्षिक समिक्षा गोष्ठी रोल्पाको सुलिचौरमा
11:10
चैत्र ८ गते सुलिचौर,रोल्पा
स्वदैशमै रोजगार गरौ,बैदेशिक रोजगारमा जाने नै भए सहि सुचना लिएर सिप सिकेर मात्रै जाऔ भन्ने मुल नाराको साथमा रोल्पा जिल्ला अन्र्तगत ४ वटा स्थानिय तहमा संचालित सुरक्षित आप्रावासन परियोेजना (सामी) को आर्थिक वर्ष २०७७÷७८ को अर्धवार्षिक समिक्षा गोष्ठी आईतवार रोल्पाको सुलिचौरमा सम्पन्न भएको छ ।
रोल्पा नगरपालिकाका नगरप्रमुख पर्ण के.सी.को सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रमको अतिथीहरुमा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा,सुनिलस्मृती गाउँपालिकाका उपाध्यक्ष वागमती क्षेत्री,परिवर्तन गाउँपालिकाका उपाध्यक्ष हित कुमारी बुढा मगर,सामी परियोजनाका प्रदेश संयोजक पंचराम चौधरी, रोल्पा नगरपालिकाका प्रशासकिय अधिकृत शुसिल थापा,परिवर्तन गाउँपालिकाका डिल्ली खड्का, सुनिलस्मृती गाउँपालिकाका केशव पार्धे,रुन्टीगढी गाउँपालिका लेखा शाखा अन्र्तगत गोपाल पोख्रेल , सामी परियोजना जिल्ला कार्यक्रम संयोजक बेरजंग पुन ,विष्णु अर्याल,प्रकाश झाक्री लगायतको उपस्थिीतीमा गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रमको अन्र्तक्रिया श्रृङखलामा रुन्टीगढी गाउँपालिका लेखा शाखा अन्र्तगत गोपाल पोख्रेलले कार्यक्रम संचालन तथा भुक्तानीको विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।
सामी परियोजना अन्र्तगतका क्रियाकलापहरुमा अन्र्तक्रिया समेत राखिएको कार्यक्रममा सामी परियोजनाले रोल्पा जिल्ला अन्र्तगत ४ वटा स्थानिय तहमा गरिएको क्रियाकलाप तथा लागत खर्चको वारेमा सामी परियोजना जिल्ला कार्यक्रम संयोजक बेरजंग पुनले प्रष्ट पार्दै रोल्पा जिल्लाको हकमा आर्थिक वर्षमा बैदेशिक रोजगार सम्वन्धी ३५ वटा मुद्धा दर्ता भएको कुरा उल्लेख गर्दै केही मुद्धाहरु समाधान भएको बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै परिवर्तन गाउँपालिकाका उपाध्यक्ष हित कुमारी बुढा मगरले सामी परियोजना रोल्पाले गरेको क्रियाकलापले बैदेशिक रोजगारीको लागी धेरै उपलब्धीमुलक काम गरेको उल्लेख गर्दै सामी परियोजना को क्रियाकलाप तथा अनुगमनमा एैक्यवद्धता समेत ब्यक्त गर्नुभएको थियो।
रोल्पा जिल्ला अन्र्तगत ४ वटा स्थानिय तहमा संचालित सुरक्षित आप्रावासन परियोेजना (सामी) रोल्पाले बैदेशिक यात्रा गर्नुपुर्व संम्वन्धित ब्यक्तीले गनुपर्ने क्रियाकलापमा महत्वपुर्ण योगदान पुर्याएको बताउदै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले स्थानिय सरकार र सामी परियोजना संगसंगै हातेमालो गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।
कार्यक्रमको समापन गर्दै रोल्पा नगरपालिकाका नगर प्रमुख पुर्ण के.सी.ले सामी परियोजनाले बैदेशिक रोजगार संम्वन्धी महत्वपुर्ण पक्षको कुराहरुको वकालत गर्दै आएको हुदाँ यसको स्तरबृद्धी को लागी स्थानिय निकाय सधै तत्पर रहेको कुरा उल्लेख गर्नुभएको थियो ।
दिकोस रोल्पाका जिल्ला अध्यक्ष देव बहादुर वली को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सुरक्षित आप्रावासन परियोजना सामीका रविन्द्र घर्तीमगर ले गर्नुभएको जानकारी प्राप्त भएको छ।