सुक्ष्म योजना तथा पुर्ण खोप सम्बन्धि योजना तयारी गोष्ठी होलेरीमा सम्पन्न
18:04
चैत्र १३ गते होलेरी,रोल्पा
रुन्टिगढि गाउँपालिका को आयोजनामा विहिवार रोल्पा को होलेरी मा रास्ट्रिय खोप कार्यक्रम अन्तर्गत सुक्ष्म योजना तथा पुर्ण खोप सम्बन्धि योजना तयारी गोष्ठी सम्पन्न भएको छ।
कार्यक्रममा रुन्टीगढी गाउपालिका अध्यक्ष बालाराम बुढा को अध्यक्षता तथा अथितिहरुमा उपाध्यक्ष छ्मायाँ पुन, प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराई ,रोल्पा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नोखराज पोख्रेल गाउपालिका स्वस्थ्य शाखा प्रमुख गणेश बुढा ,रुन्टीगढी सुचना अधिकृत विशाल बोहोरा,मालती बस्नेत ,लगायत सम्पुर्ण स्वास्थ इन्चार्जहरुको उपस्थिति मा कार्यक्रम सम्पन्न भएको हो।।
कार्यक्रम मा वडा तथा पालिका अन्तर्गत सूक्ष्म योजना तयारी, ब्यबस्थापन र सुधार ल्याउने कुरा को बारेमा छलफल हुने बताइयको छ। २ दिने कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोख्रेलले गर्नुहुने कार्यक्रम रहेको वताइएको छ ।
कार्यक्रमको पुर्ण रुपमा सफलताको सुभकामना दिदै प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराईले देश का भविष्यका कर्णधार वालवालिकाको स्वास्थ्य संग जोडिएको खोप कार्यक्रमले सफलता प्राप्त गर्नको लागी फिल्डमा काम गर्ने स्वास्थ्य कर्मिको महत्वपुर्ण भुमिका रहने कुरामा जोड दिनुभएको छ ।
कार्यक्रमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले रास्ट्रिय खोप कार्यक्रम अन्तर्गत सुक्ष्म योजना तथा पुर्ण खोप सम्बन्धि योजना तयारी गोष्ठी पलदायी हुने आशा ब्यक्त गर्दै कार्यक्रमको सफलताको कामना समेत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण रुन्टीगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बुढाले गर्नुभएको थियो।