Type Here to Get Search Results !

होलेरी खानेपानीको लागी आमभेला

फाल्गुन २१,होलेरी रोल्पा रोल्पाको रुन्टीगढी गाउँपालिकाको मुख्य वजार होलेरी लगायत आसपासको क्षेत्रमा अव पानीको समस्या अन्त्य हुने भएको छ। नेपाल सरकारले ३ करोड ९० लाख रुपैयाँमा अहिले सम्म १ करोड २ लाख २३ हजार रुपैयाँ मात्रै उपलव्ध गराएको र उक्त रकम वरावरको काम भैसकेको वारेमा विहिवार वसेको आमभेलामा जानकारी गराइएको छ ।आर्थिक वर्ष २०७७÷७८मा संघिय सरकारवाट रु २० लाख र रुन्टीगढी गाउँपालिकावाट रु ५०लाख रुपैयाँ विनियोजन गरेपछि आउदो जेष्ठ महिना भित्रै आयोजनाको काम सम्पन्न गरी पानी वितरण गरिने योजना भएको वताइएको छ । होलेरी वजारको पानीको समस्यालाई मध्यनजर गर्दै वि.स.२०६७ साल देखि पहल सुरु गरिएको उक्त खानेपानी आयोजनाको २०७० सालमा नेपाल सरकार वाट करिव ३ करोड ९० लाख रुपैया वजेट स्वीकृत भएको होलेरी खानेपानी उपभोक्ता समितीका अध्यक्ष गोविन्द पुन वाट जानकारी प्राप्त भएको छ। ३०० घरधुरी लाई एक घर एक धारा को योजना भएको यो खानेपानी आयोजनामा तत्कालै १०० घरमा एक घर एक धारा गराइने वताइएको छ। कार्यक्रममा बोल्दै रुन्टीगढी गाउँपालिकाका इन्जीनियर शेषमणि पौडेलले ७० लाख रुपैयाँ खानेपानी आयोजनाको लागी कुन ठाँउमा कति रुपैया लाग्ने भन्ने वारेमा जानकारी दिनुभएको थियो। ग्रामिण स्तरमा हरेक विकासका कामहरु गर्दा स्थानिय नागरिक एक भएर काम गर्ने हो भने कुनै विकासका कामहरु अपुरो नहुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वासुदेव भट्टराई ले वताउनु भएको छ। यस्तै कार्यक्रममा बोल्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले होलेरीमा खानेपानीको समस्या अव अन्त्य हुने वताउदै होलेरी लगायत आसपासको क्षेत्रमा भएको खानेपानी समस्यालाई मध्यनजर गर्दै यो आ.व.मा ५० लाख रुपैया विनियोजन गरिएको वताउदै यसमा पनि स्थानिय नागरिकको हातेमालो साथ र सहयोगको आवश्यक रहेको कुरामा जोड दिनुभएको छ ।