Type Here to Get Search Results !

जातिय छुवाछुत तथा वालबिवाह न्युनिकरण को लागी इलाका प्रहरी कार्यालय होलेरी सक्रिय

चैत्र ३ गते होलेरी,रोल्पा रोल्पाको इलाका प्रहरी कार्यालय होलरीले पछिल्लो क्रममा जातिय छुवाछुत तथा वालबिवाह सम्बन्धी प्रशिक्षण तथा जनचेतनामूलक कार्यक्रम विभिन्न ठाउँमा गर्दै आएको छ । जातिय छुवाछुत तथा वालबिवाह न्युनिकरण को उद्येश्य लिएको यो अभियानले सार्थक पाउदै गरेको बताइएको छ । यसै क्रममा आईतवार रोल्पा जिल्ला रुन्टिगढी गाँउपालिका वडा नं।०१ राङजातमा विभिन्न आमा समूहका करिव ७५८ जना स्थानिय महिला दिदिबहिनीहरुलाई इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र।नि। शंकर खड्काले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “जातिय छुवाछुत तथा वालबिवाह” सम्बन्धी बिषयमा प्रशिक्षण प्रदान गरी जनचेतनामूलक कार्यक्रम गर्नु भएको इलाका प्रहरी कार्यालय होलेरी ले जानकारी दिएको छ । यो अभियान निरन्तर संचालनमा रहेको वताइएको छ ।