Type Here to Get Search Results !

१११ औं अन्तर्राष्ट्रिय नारी दिवस रोल्पाको रुन्टीगढी ले विभिन्न कार्यक्रम गरी मनायो

मनोज पुन होलेरी रोल्पा, फाल्गुन २५ रुन्टीगढी गाउँपालिका रोल्पाले १११ औ नारी दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । १११ औ नारी दिवस को अवसर मा महिला हिंसा सम्वन्धी लोक गित प्रतियोगतिा, घैटाफोर प्रतियोगिता, गाउँपालिका अन्र्तगत मावि स्तरिय छात्रा हाजिरीजवाफ प्रतियोगिता लगायतको कार्यक्रम गरेर मनाएको हो। लोक गित प्रतियोगतिा,मा प्रथम खिमा महरा,दोस्रो खिमसरि बहकरी,, तृतिय मा भावना बुढाथोकी र सान्त्वनामा रुपा बुढा रहनु भएको थियो। यस्तै हाजिरिजवाफ प्रतियोगीतामा महेन्द्र मावि होलेरी प्रथम,सरस्वती मावि सतिम दोश्रो ,भिमसेन मावि सैवाङ तेस्रो र नेपाल राष्ट्रिय मावि रिठ्ठावोट सान्तवना हुन सफल भएका छन्। रुन्टीगढी गाउ्रँपालिका अन्र्तगत महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा को आयोजना, रुडास नेपाल गोल परियोजना २ को सहआयोजना र आशा नेपालको समन्व्य कार्यक्रम भएको हो । कार्यक्रममा वाल विवाह अन्त्य गरौ, विहेवारी २० वर्ष पारी, महिला हिंसा वन्द गरौ, लगायतको प्ले कार्ड वोकी होलेरी वजार परिक्रमा गरी गाउँपालिकाको प्राङगनमा कार्यक्रम गरिएको हो । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले मैन बत्ती वालेर कार्यक्रम को उद्घाटन गर्दै महिला हिंसा अन्तय को लागी गाउँपालिका सधै सक्रिय रहेको कुरा उल्लेख गर्नभएको थियो । कार्यक्रममा उपाध्यक्ष छमायाँ पुन, प्रमुख प्रशासकिय अधिकृत वासुदेव भट्राई लगायत सम्पुर्ण जनप्रतिनिधि, कार्यपालिका सदस्यहहरु,दहवन ब्यारेक का प्रमुख मेजर गोविन्द नेपाली, इलाका प्रहरी कार्यालय होलेरी का प्रहरी निरिक्षक संकर खड्का, गोल परियोजना २ का रुन्टीगढी गाउँपालिका का संयोजक वासुदेव पोखे्रल, आशा नेपालका शिवा चन्द, महिला अधिकारकर्मी, स्थानिय नागरिक र संचारकर्मी को उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो । शिक्षा शाखा प्रमुख अञ्जु शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमका समापन उपाध्यक्ष छमायाँ पुनले गर्नुभएको थियो भने सहजीकरण महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा का प्रमुख शिला मल्लले गर्नुभएको थियो ।