Type Here to Get Search Results !

रुन्टीगढी रोल्पामा पर्यटकिय क्षेत्रको सम्भाब्यता अध्यन गरिदै

मनोज पुन चैत्र २० गते होलेरी,रोल्पा रोल्पाको रुन्टीगढी गाँउपालिका अन्र्तगत रहेका धार्मिक एवं पर्यटकिय क्षेत्रहरुको सम्भाब्यता लाई सुक्ष्म तरिकाले अध्यन सुरु गरिएको छ । आर्थिक बर्ष०७७र०७८ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार यस क्षत्रलाइ पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न गाउँपालिकामा रहेका धार्मिक,पुरातात्वीक प्राकृतिक सौन्दर्यता तथा पर्यटकिय सम्पदाको संरक्षण तथा संर्वधन गर्नको लागी सुक्ष्म अध्यन सुरु गरिएको रुन्टीगढी गाउँपालिकाका पर्यटन फोकल पर्सन ध्रुब प्रकाश मल्लले जानकारी दिनुभएको छ । रुन्टीगढी गाउँपालिकाको पहिचान नै यहाँका धार्मिक,साँस्कृतिक तथा पर्यटकिय स्थल भएको हुँदा रुन्टीगढी गाउँपालिकाका सम्पदालाई संरक्षण तथा प्रर्वधन गर्नु प्रत्येक स्थानिय नागरिक तथा स्थानिय निकायको कर्तव्य भएको कारण उल्लेख गर्दै सुक्ष्म अध्यन सुरु गरिएको उहाँले वताउनु भएको छ । रुन्टीगढी गाँउपालिका अन्र्तगत रहेका धार्मिक एवं पर्यटकिय क्षेत्रहरुको सुक्ष्म अध्यनको लागी पुरातात्वीकविद् डा। गोविन्द आर्चाय लगायत को टोली रोल्पाको रुन्टीगढीमा आउनुभएको र यहाँका धार्मिक,साँस्कृतिक तथा पर्यटकिय स्थलको सुक्ष्म अध्यनको कार्य सुरु गरिएको वताईएको छ । रुन्टीगढी गाउँपालिकामा पर्ने स्वर्गद्धारी महाप्रभुको जन्म स्थान रुन्टी, स्वर्गद्धारी महाप्रभुको तपस्या गरेको तथा वाइसे चौविसे राजाहरुले किल्ला बनाएको क्षेत्र गढिलेक,काठै काठले निर्माण गरिएको अर्धनारेश्वरको मन्दिर क्षेत्र मुरुल्ले, शिवपार्वती गुफा झेनाम ,नागेश्वर मन्दिर डुव्रिङ तथा विभिन्न प्राकृतिक,सांस्कृतिक सम्पदा तथा प्रत्यक वडामा रहेका ऐतिहासिक महत्व विभिन्न क्षेत्रको सूक्ष्म अध्यन गरिने वताईएको छ । यस अध्यनको निस्कर्ष बाट आगामि आ ब मा पर्यटकिय क्षेत्रलाई स्थापित गर्न विभिन्न योजनाहरु बनाउन सकिने र सोहि बमोजिम पर्यटकिय क्षेत्रका लागी कार्य हुने फोकल पर्सन मल्लको भनाइ रहेको छ ।