Type Here to Get Search Results !

सिंगो गाउँले नै नेपाली काग्रेंसमा प्रबेश

रुन्टिगढी गाउँपालीका वडा नं ९ साबिक सखि गाविस १ सखी गाउँमा ५६ जना नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन । उक्त गाउँका चन्द्र प्रकाश महरा र नवराज खत्रीको नेतृत्वमा आएका नव प्रवेशीहरुलाई नेपाली काग्रेंस रोल्पाका निवर्तमान सभापति कृष्ण बहादुर घर्ती, जिल्ला स्थीत नेपाली काग्रेंसका नेताहरु मान बहादुर खत्री, दिपक श्रेष्ठ,दुर्गा बहादुर खड्का त्यस्तै रुन्टिगढी गाउँपालिकाका सभापति जनक पुन, बेगम कवर,पारसमणि गीरी सहित अन्य नेताहरुले साधारण सदस्य वितरण गर्दै शनिबारदेखी काग्रेंसको आधिकारि कार्यकर्ताका रुपमा सपथ खुवाएका थिए । सपथ ग्रहण पस्चात नव प्रवेशिका तर्फबाट आफ्ना विचार राख्दै चन्द्र प्रकाश महराले आफुहरु किसान भएको र आफुहरुको ठुलो सपना नभएको भन्दै कम्युनिष्ठ सरकारले किसानका माग समेत पुरा गर्न नसक्दा आफुहरु निराश भएको बताउनुभयो ।
साथै उहांले कम्युनिष्ठहरुले दुःखी गरिब किसान मजदुरको नारा लगाउदै इतिहासकै सबै भन्दा शक्तिशाली सरकार बनाउन सफल भएपनि उनीहरु नै इतिहासकै सबै भन्दा भ्रष्ट भएको भन्दै कम्युनिष्ठहरु अब कुनै पनि आशा नभएपछि आफुहरु काग्रेंस रोजेको बताउनुभयो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि निवर्तमान सभापति घर्तीले कम्युनिष्ठका झुठा आश्वासनमा गाउँका सोझासाझा जनताहरु अझैपनि रुमलीरहेको बेला चन्द्र प्रकाश जस्ता सचेत युवाहरुले काग्रेंस रोज्नुभएकोमा धन्यवाद दिदै अब पनि जनताहरु कम्युनिष्ठको पछाडी लाग्नुभनेको धमिलोपानीमा माछा मार्न जस्तै रहेको बताउनुभयो । उहाँले विपीको सिद्धान्तलाई परिभाषीत गदै भन्नुभयो, गरीब,दुःखी किसान मजदुरको पार्टी नेपाली काग्रेंस नै हो भने भ्रष्टहरुको पार्टी नै कम्युनिष्ठ हो । रुन्टिगढी सभापति जनक पुनको सभापतित्वमा भएको प्रवेश कार्यक्रमको सहजीकरन सचिव चेतलाल खत्रीले गर्नुभएको थियो ।