Type Here to Get Search Results !

कोरोनाको महामारीलाई ध्यानराखी आवश्यक सुरक्षाका मापडण्ड अपनायर नयाँ वर्ष मनाउन अध्यक्ष बुढाको आग्रह

होलेरी रोल्पा, बैशाख १ रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले नयाँ वर्ष को अवसरमा सुभकामना ब्यक्त गर्नुभएको छ । नयाँ वर्षको आगमन संगै आम रुन्टीगढीवासी तथा देश र विदेश मा रहनुहुने सम्पुर्ण नेपालीहरुमा नयाँ जोस र जाँगर संगै काम गर्ने वातावरण को सिर्जना संगै सुख, शान्ती र संवृद्धीको कामना गर्नु भएको शुभकामना सन्दैशमा उल्लेख गरिएको छ । नयाँ वर्षकै अवसरमा अध्यक्ष बुढाले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, र आरोग्यको लागि मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा बुढाले बिगतको समीक्षा गर्ने तथा आगतको आकांक्षा मुखरित गर्न अवसरका रुपमा स्वागत गर्दै अघि बढ्न अपील गर्नुभएको छ । साथै नयाँ वर्ष मनाउदा कोरोना को महामारी लाई ध्यानमा राखी आवश्यक सुरक्षाका मापडण्ड अपनायर नयाँ वर्ष मनाउन आग्रह गर्नुभएको छ ।