Type Here to Get Search Results !

रोल्पामा बैशाख ३ गते हुने गुटगट भेलामा सहभागी नहुन नेपाल कम्युनिष्ट पाटी (एमाले)को आग्रह

होलेरी रोल्पा,बैशाख २ गते रोल्पामा बैशाख ३ गते हुने भनिएको नेकपा एमालेको गुटगट भेलामा सहभागी नहुन नेपाल कम्युनिष्ट पाटी (एमाले) जिल्ला संगठन कमिटी रोल्पाले पे्रस बिज्ञप्ती मार्फत आग्रह गरेको छ । बुधवार ने.क.पा. एमाले जिल्ला संगठन कमिटी रोल्पाका अध्यक्ष बालाराम बुढा र सचिव निम प्रसाद रोकाको संयुक्त हस्ताक्षर भएको प्रेस बिज्ञप्ती मार्फत यस्तो जनाइएको हो । नेपालको पछिल्लो राजनिती घटनाक्रम अनुसार मिती २०७७÷११÷२३ गतेको सर्वोच्च अदालतको फैसला अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको पार्टी क्रृषि कट्टेललाई दिने फैसला भएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुर्ववत ठाँउमा रही पार्टी संचालन गर्नुपर्ने भए वमोजिम नेकपा एमाले को २०७७ साल चैत्र ७ गते बसेको केन्द्रिय कमिटीको बैठकको निर्णय र मिती २०७७ चैत्र २९ गतेको लुम्विनी प्रदेश कमिटीको अन्तर पार्टी निर्देशन अनुसार नेपाल कम्युनिष्ट पार्टी एमाले रोल्पा जिल्ला संगठन कमिटीको संयोजक बालाराम बुढा र सचिव निम प्रसाद रोका लाई जिम्मेवारी दिईसकेको र नेपाल कम्युनिष्ट पार्टी एमाले को नाममा २०७८ बैशाख ३ गते गुटगट भेलाको आयोजना गर्न लागिएको छ भन्ने बुझिएकोले हरी प्रसाद घर्ती अध्यक्ष भई वोलाएको भेलामा उपस्थित नहुन सम्पुर्ण नेकपा एमालेका निष्ठावान नेता कार्यकर्ताहरुलाई हार्दिक अपिल गर्र्र्दै प्रेस बिज्ञप्ती मार्फत जानकारी गरीएको छ बिज्ञप्ती को अबज्ञा गरी बैठक भेलामा सहभागी हुने कुनैपनि नेता कार्यकर्तालाई बिधान बमोजिम अनुशासनको कारवाही हुने बिज्ञप्तीमा उल्ल्लेख गरिएको छ ।