Type Here to Get Search Results !

डोजर अपरेटर को लागी अभिमुुखीकरण कार्यक्रम सम्पन्न

होलेरी रोल्पा,बैशाख ३ गते रोल्पाको रुन्टीगढी गाउँपालिका अन्र्तगत मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम को डोजर अपरेटर को लागी अभिमुुखीकरण कार्यक्रम रोल्पा को होलेरी मा सम्पन्न भएको छ । रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुन को सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टाराई, इलाका प्रहरी कार्यालय होलेरी का प्रमुख शंकर खड्का , रुन्टीगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश बुढा, लेखा प्रमुख झग्गु के.सी.मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमका कार्यक्रम सहजकर्ता ऋषिकेश डाँगी , मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमका फोकल पर्सन निम बहादुर डाँगी लगायत करिव ३५ जनाको उपस्थिीतीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा डोजर अपरेटर सिपको सिक्नको लागी छनौट भएका इच्छुक ११ जना स्थानिय रुन्टीगढी नागरिक लाई सिप सिक्ने क्रममा जिम्मेवारीपुर्वक सिप सिक्नको आग्रह गरिएको छ । सिप सिक्नको लागी छनौट भएका स्थानिय इच्छुक नागरिकलाई सिटिजन प्राविधिक शिक्षालय नेपालगंजमा पठाइने जानकारी प्राप्त भएको छ । कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भट्टराईले आफ्नो उद्येश्यलाई मनन गर्दै सिप सिकेर आत्मनिर्भर बन्नको लागी शुभकामना दिनुभएको छ ।कार्यक्रमको समापन गर्दै गाउँपालिकाका उपाध्यक्ष पुनले मानव जिवनमा सिपको महत्व ब्यापक हुने भएको हुँदा सिप सिकेर आफ्नो गाउँठाउमा लगानी गरी आत्म निर्भरको बन्नुको साथै आफ्नो गाउँलाई विकासतर्फ उन्मुख पार्नको लागी आग्रह गर्नुभएको छ । कार्यक्रमको सहजीकरण मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमका कार्यक्रम सहजकर्ता ऋषिकेश डाँगी ले गर्नु भएको थियो ।