Type Here to Get Search Results !

रुन्टीगढी ८ रोल्पामा आगलागी, ३ गोठ जलेर नष्ट

होलेरी रोल्पा बैशाख ३ गते रोल्पाको रुन्टीगढी गाउँपालिका ८ नं वडाको बल्दजुरे सामुदायीक बन तथा सल्लेरी सामुदायिक वनमा बुधवार बेलुकीदेखी आगलागी भएको छ । आगलागी वाट रुन्टीगढी ८ रोल्पामा ३ वटा गोठहरु जलेर नष्ट भएको वताइएको छ। आगलागी बाट कुनैपनि मानविय क्षती नभएको स्थानिय टेकेन्द्र घर्ती ले जानकारी दिनुभएको छ। आगोलाई अहिले स्थानिय नागरिक तथा इलाका प्रहरी कार्यालय होलेरीको अथक प्रयासपछि रोल्पाको वन क्षेत्रमा नियन्त्रणमा आईसकेको तर अहिले उक्त आगो कपरुकोट गाउँपालिका १ नं वडाको कालापात्ला क्षेत्रमा आगलागी भैरहेको रुन्टीगढी ८ का वडा सदस्य बलिभद्र रानाले जानकारी दिनुभएको छ ।