Type Here to Get Search Results !

लोकसेवा तयारी कक्षाको सुरुवात होलेरीमा

होलेरी रोल्पा बैशाख ६ गते आइतवार रोल्पाको रुन्टीगढी गाउँपालिकाको आयोजनामा रोल्पाको होलेरीमा लोकसेवा तयारी कक्षाको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । रुन्टीगढी गाउँपालिकाका युवाहरुलाई लोकसेवा तर्फ आर्कषित पारी सरकारी सेवामा आवद्ध गराउने कार्यक्रमको मुल उद्येश्य भएको रुन्टीगढी गाउँपालिकाले जनाएको छ। लोकसेवा तयारी कक्षाको उद्घाटन कार्यक्रमको सभाध्यक्षमा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा, यस्तै उपाध्यक्ष्य छमायाँ पुन ,प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई, सामाजिक विकास संयोजक याम बहादुर दशौदी राना,सम्पुर्ण शाखा प्रमुख, लगायत ३४ जना प्रशिक्षार्थी को सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत भट्टराईले लोक सेवा पास गर्न गाह्रो नभएको तर सामान्य मेहनतले पनि पास गर्न नसकिने कुरा उल्लेख गर्दै कार्यक्रमको पुर्ण सफलताको कामना गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बुढाले लोकसेवा प्रती चासो देखायर आउने सम्पुर्ण प्रशिक्षार्थी हरुलाई धन्यावाद दिदै पढाईमा मेहनत र लगनशिल भए सफलता हात पार्न कुनै कठिनाई नभएको बताउदै,यस गाउँपलिकाको आयोजनामा सञ्चालन भएको लोकसेवा तयारी कक्ष्ााँ मा सक्रिय सहभागी भएर लोकसेवामा सफलता प्राप्त गरी रुन्टीगढीलाई नै सेवा गरेको हेर्न चाहेको कुरामा जोड दिनुभएको थियो । लोकसेवा तयारी कक्षाका संयोजक दिपक पराजुली को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रशासन सहायक भागवत घिमिरेले गर्नुभएको थियो ।