Type Here to Get Search Results !

रोल्पाको होलेरीमा समुदायमा वकिल कार्यक्रम सम्पन्न

चैत्र २१ गते होलेरी,रोल्पा शुक्रवार रोल्पाको होलेरीमा समुदायमा वकिल कार्यक्रम सम्पन्न भएको छ। जिल्ला सरकारी वकिल कार्यालय रोल्पाको आयोजना तथा इलाका प्रहरी कार्यालय होलेरीको समन्वयमा भएको कार्यक्रमको सभाध्यक्ष रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुन रहनुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथीमा निमित्त जिल्ला न्याधिबक्ता नुमराज खनाल शर्मा,रुन्टीगढी गाउँपालिकाका प्रवक्ता जगत बहादुर घर्ती , इलाका प्रहरी कार्यालय होलेरी का प्रहरी प्रमुख संकर खड्का लगायत अन्य जनप्रतिनिधिहरु, शिक्षक,कर्मचारी महिला अधिकारकर्मी,बुद्धीजिवी तथा पत्रकार को सहभागिता रहेको थियो । अभियोजन सुधार,फौजदारी न्यायको आधार भन्ने मुल नाराको साथमा गरिएको कार्यक्रममा सरकारी वकिल र प्रहरी को सम्वन्धका वारेमा,अपराध अनुसन्धान मा प्रहरीको भुमिका,मुलुकी अपराध संहिताले समेतेको फौजदारी न्यायको सिद्धान्तको वारेमा,दिवयानी मुद्धा तथा फौजदारी मुद्धाको कारवाहीको प्रक्रियाको वारेमा बृहत छलफल भएको इलाका प्रहरी कार्यालय होलेरी का प्रमुख संकर खड्काले जानकारी दिनुभएको छ। कार्यक्रममा सहभागीका प्रश्न र गुनासो लाई सम्वोधन गर्दै कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।