Type Here to Get Search Results !

होलेरीमा कोरोना विरुद्धको दोश्रो चरणको खोप अभियान सुरु

होलेरी रोल्पा बैशाख ७ गते रोल्पाको होलेरीमा कोभिड १९ कोरोना भाईरस विरुद्धको दोश्रो चरणको खोप लगाउन सुरु गरिएको छ । होलेरीको प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा दोश्रो चरणको खोप लगाउन सुरु गरिएको हो । गत महिना लगायका अग्रपंतीमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,कर्मचारी,लगायतलाई उक्त कोरोना विरुद्धको खोप लगाईएको रुन्टीगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश बुढाले जानकारी दिनुभएको छ । यो समाचार तयार गर्दा सम्म करिब ५० जनालाई खोप लगाईसकेको जानकारी प्राप्त भएको छ । यसै क्रममा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा,रुन्टीगढी गाउँपालिका ९ नं वडा समिती का अध्यक्ष एवं प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका अध्यक्ष नेप बहादुर थापा,स्वास्थ्य शाखा प्रमुख गणेश बुढा, प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका ईन्चार्ज बुद्धिजिवी सेजवाल,स्थानिय समाजसेवी गोपाल डाँगी लगायतको टिमले गत महिना स्थानान्तरण भएको प्राथमिक स्वास्थ्य केन्द्र भवन कर्मचारीको अवस्था,प्रशासन,कार्यसम्पादन, लगायतको विषयमा अनुगमन समेत गरेको छ । दोश्रो चरणको खोप अभियान दुई दिन सम्म चल्ने वताईएको छ ।