Type Here to Get Search Results !

रोल्पाको होलेरीमा हेल्पडेस्कको स्थापना

होलेरी रोल्पा बैशाख १३ गते रोल्पाको रुन्टीगढी गाउँपालिका अन्र्तगत होलरीमा हेल्पडेस्क को स्थापना गरिएको छ । नेपालमा कोरोना भाईरसको संक्रमण उच्च हुदै गएको र रुन्टीगढी गाउँपालिकामा पनि दुई जना कोरोना संक्रमण पुुष्टी भएकोले उच्च सर्तकता अपनाउन रोल्पाको होलेरीमा हेल्पडेस्कको स्थापना गरिएको हो । सोमबार रुन्टीगढी गाउँकार्यपालिकाको आकस्मीक बैठक बसेको छ । बैठकमा कोभिड १९ सम्वन्धी ब्यापक छलफल भएको बताईएको छ। गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा बसेको बैठकले रोल्पाको होलेरीमा आकस्मिक रुपमा हेल्थडेस्कको स्थापना गर्ने, कोरोनाको संक्रमण उच्च रहेकोले कोरोना संक्रमितको लागी पुरानो प्राथमिक स्वास्थ्य केन्द्रको भवन होलेरीमा आईसोलेसनको ब्यवस्था तत्काल गर्ने,विद्यालयको हकमा बैंशाख १९ गतेदेखि वार्षिक परिक्षा संचालन हुनलागेकोले बैशाख १४ गते देखी १८ गते सम्म विद्यार्थीहरुलाई अध्यन विदा दिने लगायतको निर्णय भएको,रुन्टीगढी गाउँपालिकाका प्रवक्ता जगत बहादुर घर्तीले जानकारी दिनुभएको छ ।