रोल्पाको रुन्टीगढीमा सावुन उत्पादन सुरु
02:33
होलेरी रोल्पा बैशाख १५ गते
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं १ को लिवाङीआँपमा सावुन उत्पादन गर्न सुरु गएिको छ ।
रुन्टीगढी गाउँपालिकाको आर्थिक वर्ष २०७७ को वार्षिक कार्यक्रम अनुसार केहि दिन अगाडी स्थानिय स्तरमा पाईने कच्चा पदार्थलाई संकलन तथा प्रशोधन गरी दैनिक जिवन मा प्रयोग गरिने उपभोग्य बस्तु को निमार्णको लागी गाउँपालिको गरिवी निवारणको लागी लघु उद्यम कार्यक्रम अन्र्तगत तालिम दिइएको जानकारी प्राप्त भएको छ ।
छोटो समयमा चिउरी हर्वल सावुन सम्वन्धी सीप विकास कार्यक्रम संचालन गरिएको र यस अवधीमा यहाँका स्थानिय नागरिकको सक्रिय सहभागिता रहेको प्रशिक्षक गोपिलाल सुवेदी ले बताउनु भएको छ। सिप विकास तालिममा सावुन उत्पादन,बास वाट निमार्ण गर्न सकिने विभिन्न सामाग्रीहरु फोटो फ्रेम,र्याक,मुडा लगायत को वस्तुहरु निमार्ण गर्न सिकाइएको उहाँले बताउनुभएको छ ।
चिउरी हर्वल सावुन सम्वन्धी सीप विकास कार्यक्रम को समापन कार्यक्रममा वोल्दै गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रमका फोकल पर्सन रुपेश अधिकारीले यहाँका स्थानिय नागरिकले सिकेका सिपलाई ब्यवसायमा लागु गरी आत्मनिर्भर वन्नुपर्ने कुरामा जोड दिनुभएको छ ।
समापन कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले यहाँका स्थानिय नागरिकले सिप सिकेर उत्पादनलाई जोड दिएको खण्डमा यसको संरक्षण प्रर्वधन र ब्यवस्थापन गर्न स्थानिय सरकार सदैव तत्पर रहेको कुरा उल्लेख गर्दै सिप सिकेका प्रशिक्षार्थीहरुलाई उत्पादनमा विशेष जोड दिन सम्पुर्णमा आग्रहसमेत गर्नुभएको छ ।
कार्यक्रमको समापन गर्दै कार्यक्रम का सभाध्यक्ष एवं रुन्टीगढी गाउँपालिका १ नं वडा समिती का अध्यक्ष मिन बहादुर थापाले रुन्टीगढी गाउँपालिकामै सावुन उत्पादन गर्न सक्नु गर्व र खुसिको कुरा भएको कुरा उल्लेख गर्दै यस कार्यलाई निरन्तरता दिनको लागी स्थानिय नागरिकहरुलाई विषेश आग्रह गर्नुभएको छ।
स्थानिय समाजसेवी बुद्धीमान पुनको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण निता वि.क.ले गर्नुभएको जानकारी प्राप्त भएको छ ।