Type Here to Get Search Results !

सालवाङ,नौगरा रोल्पाका स्थानिय वासिन्दा १९ किलोमिटरमै घोराही पुग्ने

चैत्र २१ गते होलेरी,रोल्पा शनिवार रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ३ को जवाङ,सालवाङ,नौगरा अरङखोला मोटरवाटोको एक कार्यक्रमको विच उद्घाटन गरिएको छ । शनिवार रुन्टीगढी गाउँपालिकाका अध्यक्ष एवं नेकपा एमाले रोल्पा जिल्ला कमिटीका अध्यक्ष बालाराम बुढाले रिवन काटेर वाटो को उद्घाटन गर्नुभएको हो । आर्थिक वर्ष २०७७÷७८ को रुन्टीगढी गाउँपालिका रोल्पाको करिव २५ लाखको वजेत मा सम्पन्न गरिएको जवाङ,सालवाङ,नौगरा अरङखोला मोटरवाटोले अव होलरी हुदै करिव ३६ किलोमिटर दुरीमा घोराही पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै सालवाङ,नौगरा लगायत का स्थानिय वासिन्दालाई १९ किलोमिटर मै घोराही पुगिने वताईएको छ । यो वाटो भएर १९ किलोमिटर मै विभिन्न कामको शिलशिलामा घोराही पुगिने भएपछि आफु निकै खुसी भएको स्थानिय गणेश गिरी ले वताएका छन्। उक्त वाटोको उद्घाटन कार्यक्रमको सभाध्यक्षमा निर्माण समितीका अध्यक्ष तेज वहादुर घर्ती रहनुभएको थियो । यस्तै प्रमुख अतिथीमा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष नेकपा एमाले रोल्पा जिल्ला कमिटीका अध्यक्ष बालाराम बुढा, अतिथीहरुमा उपाध्यक्ष छमायाँ पुन,रुन्टीगढी ९ का अध्यक्ष नेप बहादुर थापा,वडा सदस्य लक्ष्मी घर्ती,नेकपा एमालेका रुन्टीगढी गाउँपालिकाका संयोजक आशाराम गुरुङ,लिला बहादुर पुन, ने.क.पा. माओवादी का ओम प्रकाश पुन, युवा संघका केन्द्रिय सदस्य मिन बहादुर महरा स्थानिय समाजसेवी होम बहादुर पुन, जंग बहादुर पुन लगायत स्थानिय आम नागरिकको उपस्थिीती मा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । बाटोको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका नेकपा एमाले रोल्पा जिल्ला कमिटीका अध्यक्ष एवं रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बुढाले स्थानिय आम नागरिकको माग र आवश्यकता अनुरुप यो सडक स्थानिय सरकार र स्थानिय नागरिककै अथक मेहनतमा सुचारु गर्न सफल भएको हुदाँ यस वाटोलाई निरन्तरता दिनको लागी स्थानिय नागरिकको भुमिका अग्रपंक्तीमा रहने कुरामा जोड दिदै जनताका आधारभुत आवश्यकतामा स्थानिय सरकार सधै जनतासंगै भएको उल्लेख गर्नुभएको छ। फरक प्रसंगमा वोल्दै अध्यक्ष बुढाले अव स्थानिय तह लगायत देशैभरी विकासको लहर ,जनताको खुसी ल्याउन र देशलाई संवृद्धीतर्फ लग्नको लागी नेकपा एमालेमा सम्पुर्ण नागरिकहरु गोलवन्द भएर हातेमालो गर्न जरुरी रहेको वताउनुभएको छ ।