Type Here to Get Search Results !

उडाय हेलिकप्टर, रोल्पाको रुन्टीगढी मा १८ वर्षिया युवाले

होलेरी रोल्पा,बैशाख २ गते रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ६ का १८ वर्षिका लोकेन्द्र वस्नेतले आफैले हेलिकप्टर निमार्ण गरी बुधवार नयाँ वर्षको अवसर पारी उडाएका छन् । आफुलाई हेलिकप्टर बनाउन निकै समय लागेको वताउदै अझै पमिार्जित रुपमा हेलिकप्टर वनाउनको लागी सम्पुणमा आग्रह समेत गरेका छन् । आफ्नै गाउँमा वनायको उक्त हेलिकप्टर उडायको हेर्नको लागी हिजो सयौंको संख्यामा गाउँलेहरु भेला भएको थिय। कार्यक्रमममा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले हाम्रो आफ्नै गाउँपालिकामा पनि यस्ता अद्भुत क्षमता भएका युवाहरु भएकोले खुसी ब्यक्त गर्दै यस्ता युवाहरुको सिपको विकास गर्नको लागी स्थानिय सरकार सधै तत्पर रहेको उल्लेख गर्नुभएको थियो । युवा समाजसेवी गोविन्द घर्तीको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले का रिमा नेपाली,निम बहादुर रोका ,गोपाल डाँगी , रुन्टीगढी वन महासंग का अध्यक्ष घन बहादुर घर्ती लगायत सयौं सर्वसाधारणको उपस्थिती रहेको जानकारी प्राप्त भएको छ ।