रोल्पाको होलेरी मा रक्तदान कार्यक्रम सम्पन्न

होलेरी रोल्पा,बैशाख २ गते बुधवार रोल्पाको होलेरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ख्रिष्टीयन समुदाय रुन्टीगढी गाउँपालिका रोल्पाको आयोजना,रुन्टीगढी गाउँपालिका रोल्पा को आर्थिक सहयोग,नेपाल रेडक्रस सोसाइटी उपशाखा होलेरी रोल्पाको समन्वय र नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र दाङको प्राविधिक सहयोग मा उक्त कार्यक्रम सम्पन्न भएको हो । रक्तदान, जिवनदान भन्ने मुल उद्येश्यको साथमा गरिएको कार्यक्रममा होलेरी मा ३४ जनाले रक्तदान गरेका छन् । रुन्टीगढी गाउँपालिका ख्रिष्टीयन समुदाय का अध्यक्ष शेर बहादुर वि.क. को सभाध्यक्ष मा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी मा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा यस्तै अतिथीहरुमा रुन्टीगढी गाउँपालिकाका प्रवक्ता जगत बहादुर घर्ती लगायत अन्य जनप्रतिनिधिहरु ,नेपाली कांग्रेसका जनक पुन,नेकपा माओवादी केन्द्रका गोविन्द पुन नेकपा एमालेका गोपाल गाँगी,ख्रिष्टीयन समुदाय रोल्पा का अध्यक्ष सागर घर्ती, नेपाल रेडक्रस सोसाइटी उपशाखा होलेरी का सभापती लक्षिराम थापा ,स्थानिय समाजसेवी देवेन्द्र बोहोरा, नेपाल प्रहरी ,पत्रकार लगाएको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले रक्तदान जस्तो पुण्डय कार्य अरु कुनै पनि नभएको बताउदै रक्तदान गरी अरुको जिवन रक्षा गनृ सम्पुर्णलाई आग्रह गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका गाउँपालिकाका अध्यक्ष बुढा ले ख्रिष्टीयन समुदाय र नेपाल रेडक्रस सोसाइटी उपशाखा होलेरीले यो कार्यक्रम को आयोजना गर्नु निकै प्रशंशायोग्य कार्य भएको भन्दै धन्यावाद समेत ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य दान बहादुर घर्तीले गर्नुभएको जनाइएको छ ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 2119 Heights of Runtigadi.ic.