रोल्पाको होलेरीमा राष्ट्रपति रनिङ शिल्ड एक कार्यक्रम बिच उद्घाटन
20:24
चैत्र २७, होलेरी रोल्पा ।।
राष्ट्रको को लागी खेलखुद स्वास्थ्यको लागी खेलखुद भन्ने मुल नाराको साथ रोल्पाको होलेरीकमा राष्ट्रपति रनिङ शिल्ड को एक कार्यक्रम बिच उद्घाटन गरिएको छ ।
रुन्टिगढी गा.पा. का अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा भएको उक्त राष्ट्रपति रनिङ शिल्ड २०७७ अन्र्तगत रु.गा.पा. को अन्तर माबि स्तरिय छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने बताइएको छ ।
उद्घाटन कार्यक्रम मा अतिथीहरुमा उपाध्यक्ष छमायाँ पुन, प्रवत्ता जगत ब. घर्ति,सामाजिक बिकास संयोजक याम ब.दशौदी राना ६ नं का समितीका अध्यक्ष जंग ब. घर्ति, इप्रका होलेरीका प्रहरी निरिक्षक शंकर खड्का, नेकपा एमालेका गोपाल डाँगी नेकपा माओवादीका गोबिन्द पुन(नजर), नेपाली कांग्रोसका जनक पुन शिक्षक महासंघका भिम ब. दशौदी विभिन्न विद्यालयका प्रअ. शिक्षक तथा बिद्यार्थीको उपस्थितीमा उद्घाटन कार्यक्रम सम्पन गरिएको हो ।
रिबन काटेर कार्यक्रमको उद्घाटन गर्दै रु. गा. पा. का अध्यक्ष बुढाले खेलखुदले स्वास्थ्य लाई सकारात्मक प्रभाब पनि भएको हुदा खेलको आफ्नौ महत्व भएको बताउदै, कार्यक्रमको पुर्ण सफलता को कामना समेत गर्नुभएको थियो । कार्याक्रमको सहजिकरण शिक्षक तारा ब. बाँठाले गर्नुभएको थियो ।
रनिङ शिल्ड प्रतियोगिता २ दिन सम्म चल्ने बताइएको छ ।