Type Here to Get Search Results !

रोल्पाको छाप, बोरीवाङ,डुव्रीङ लगायत को क्षेत्रमा असिनाको कारण लाखौको तरकारीवालीमा क्षती

होलेरी रोल्पा बैशाख १७ गते विहिवार राती रोल्पाको रुन्टीगढी गाउँपालिका को विभिन्न क्षेत्रमा आएको हावाहुरी सहितको असिनापानीले रुन्टीगढीको छाप, बोरीवाङ,डुव्रीङ लगायत आसपासको क्षेत्रमा लगाइएको तरकारीवालीमा क्षेती पुगेको छ । फसल ल्याउने समयमा असिना पानीले तरकारी वालीमा क्षेती पुगेपछि त्यहाँका किसानहरु चिन्तीत बनेका छन्। गयराती आएको असनिापानीने किसानले लगायका टमाटर,खुर्सानी,भेडेखुर्सानी लगायत अन्य तरकारी वालीमा लाखौ रुपैयाँ वरावरको क्षेती भएको स्थानिय माधव रेउलेले जानकारी दिनुभएको छ।