कोरोनाको महामारीका कारण रुन्टीगढीका सम्पुर्ण विद्यालयमा पठनपाठन वन्द , भेला हुने जस्ता खेलकुद का कार्यक्रम हरु नर्गन आग्रह
01:27
होलेरी रोल्पा बैशाख १६
कोभिड १९ को महामारीको जोखिमलाई मध्यनजर गर्र्दै रुन्टीगढी गाउँपालिकाका विद्यालयहरु अर्को सुचना जारी नभयसम्मका लागी पठनपाठन वन्द गरिएको छ ।
विहिवार रुन्टीगढी गाउँपालिकाको गाउँ शिक्षा समितीको बैठक द्धारा एक सुचना जारी गर्दै सम्पुर्ण विद्यालयहरुलाई यस्तो जानकारी गरायको होे ।
रुन्टीगढी गाउँपालिका भित्रै संचालनमा रहेका ट्युसन कोचिङ कक्षा हरु संचालन तथा जमघट र भेला हुने जस्ता खेलकुद का कार्यक्रम हरु नर्गन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।
साथै गाउँपालिकामा अत्यावश्क सेवाहरु पनि आवश्यक सुरक्षाका मापडण्डहरु पालना गरेर गर्न र गराउन समेत आग्रह गरेको छ ।