Type Here to Get Search Results !

स्थानिय जनगणनाको कार्यालयको उद्घाटन होलेरीमा

होलेरी रोल्पा बैशाख ३ गते शुक्रवार रोल्पाको होलेरीमा स्थानिय जनगणनाको कार्यालयको एक कार्यक्रमको विच उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रमको सभाध्यक्षमा रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुन रहनुभएको थियो । अतिथी हरु प्रमुख प्रशासकिय अधिकृत, रुन्टीगढी सामाजिक विकास संयोजक याम बहादुर दशौदी राना, इलाका प्रहरी कार्यालय होलेरी प्रहरी प्रमुख संकर खड्का, लगायत सम्पुर्ण रुन्टीगढी का शाखाप्रमुख को उपस्थिती मा कार्यक्रम सम्पन्न ,कार्यक्रममा स्वागत मन्तव्य दिदै रुन्टीगढी गाउँपालिका स्थानिय जनगनणा अधिकारी दिपक पराजुलीले जनगणनाको क्रममा सवै क्षेत्र बाट सक्दो सहयोग गरी यो महा अभियानलाई सफलपार्न को लागी सम्पुर्णमा आग्रह समेत गर्नुभएको छ ।कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुन बाट कार्यालयको ब्यानर खोलेर जनगणना कार्यालय को उद्घाटन गरिएको हो । कार्यक्रमको सहजीकरण रुन्टीगढी गाउँपालिकाका कम्प्युटर अपरेटर भागवत घिमिरेले गर्नुभएको थियो ।