रुन्टीगढी रोल्पामा अक्सिजन सहितको आईसोलेसन संचालनमा
06:59
होलेरी रोल्पा बैशाख १८ गते
रोल्पाको रुन्टीगढी गाउँपालिकामा १० वेडको अक्सिजनसहितको आईसोलेसन संचालनमा आएको छ ।
विश्वमा कोरोनाको महामारीलाई ध्यानमा राख्दै रुन्टीगढी गाउँकार्यपालिकाको निर्णय अनुसार होलेरी प्राथमिक स्वास्थ्य केन्द्रको पुरानो भवनमा १० वेडको आईसोलेसन सेन्टर संचालनमा ल्याइएको छ । रुन्टीगढी गाउँपालिकाको विभिन्न वडाहरुमा यो समाचार तयार गर्दा सम्म ९ जना कोरोना संक्रमित भएको र यो क्रम अझै बढ्नसक्ने भएको हुदाँ गाउँपालिकाका तथा अन्य नागरिकहरु लाई उपचारको लागी आईसोलेसन सेन्टरको स्थापना गरिएको रुन्टीगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश बुढाले जानकारी दिनुभएको छ । ५ वेडको कोभिड अस्पताल पनि रुन्टीगढीमा संचालन भैरहेको उहाँले जानकारी दिनुभएको छ ।
शनिबार रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले संचालनमा आएको १० वेडको आईसोलेसन सेन्टर को स्थलगत अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा कोरोना महामारी को समयमा अग्रपंक्तीमा काम गर्ने सम्पुर्ण स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी लगायत सम्पुर्ण कर्मचारीको खुलेरै प्रशंसा समेत गर्नुभएको छ । साथै कोरोना महामारी को यो समयमा आम कर्मचारी हरुलाई मनैदेखि नागरिकको सेवा गर्नको लागी सवै कर्मचारीहरुलाई आग्रह समेत गर्नुभएको छ ।