Type Here to Get Search Results !

रुन्टीगढी आइसोलेसन ब्यवस्थापनको लागी कार्यदल गठन

होलेरी रोल्पा बैशाख ३० गते कोरोनाको महामारी समुदायस्तरमा फैलिएसंगै अहिले कोरोना संक्रमितहरु दिनप्रतिदिन बढिरहेको छ । त्यसोत कोरोनावाट निको हुनेको दर पनि वढ्दोक्रममा छ । रुन्टीगढी गाउँपालिका रोल्पामा यो समाचार तयार गर्दासम्म २७ जनामा कोरोना संक्रमण पुष्टी भैसकेको स्वास्थ्य संयोजक गणेश बुढाले वताउनुभएको छ । स्थानिय स्तरमा कोरोना संक्रमणको दर बढ्न सक्ने सम्भावना भएको र अन्य जिल्लाहरुको अस्पतालहरुमा पनि कोरोनाका विरामीहरुको चाप बढेकोले स्थानियस्तरमा रहेका आईसोलेसन सेन्टर लाई थप ब्यवस्थापन गर्न को लागी चुनौतीको विषय वन्न पुगेको छ । रुन्टीगढी गाउँपालिकामा रहेको रुन्टीगढी आईसोलेसन को ब्यवस्थापनको कार्य अव कार्यदलले गर्ने भएको छ । विहिवार रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्ष्यता आकस्मीक बैठक वसी यस्तो निर्णय गरेको हो । आईसोलेसन केन्द्रको कार्यदलको संयोजक रहनेगरी रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई,कार्यदलका सदस्यहरुमा प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका डा. विशाल कवँर,सुरक्षा बेसक्याम्प दहवन रोल्पाका प्रमुख गोविन्द नेपाली, इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख जिवराज थापा र सदस्य सचिव रहनेगरी स्वास्थ्य संयोजक गणेश बुढा रहनुभएको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले जानकारी दिनुभएको छ । उक्त आकस्मीक वसेकको बैठकले आईसोलेसन सेन्टरको लागी कार्यविभाजन समेत गरिएको जानकारी प्राप्त भएको छ ।