रुन्टीगढी रोल्पामा फेरी एक हप्ता बन्दाबन्दी गर्दै
17:34
जेष्ठ ४ होलेरी,रोल्पा
सोमवार रुन्टीगढी गाउँपालिका होलेरी रोल्पामा सरोकारवाला विच कोरोना रोकथाम सम्वन्धी विशेष छलफल भएको छ । विश्वमा कोरोना महामारीले आक्रान्त पारिरहेको समयमा बढ्दो कोरोना संक्रमणलाई रोकथाम तथा न्युनीकरण को लागी छलफल भएको हो । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा को अध्यक्षतामा बसेको छलफल कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई, ईलाका प्रहरी कार्यालय होलेरी का प्रहरी निरिक्षक जिवराज थापा क्षेत्री स्वास्थ्य शाखा प्रमुख गणेश बुढा लगायतको उपस्थितीमा छलफल कार्यक्रम गरिएको हो ।
रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बुढाले कोरोना महामारी को यो समयमा स्थानिय सरकारले हेल्पडेस्क स्थापना, रुन्टीगढी आईसोलेसन सेन्टर को सुरुवात एन्टीजेन विधिवाट परिक्षण लगायत भरपुर प्रयासका कार्यहरु गरिरहेको भन्दै यो कोरोना महामारीको समयमा सम्पुर्ण राजनितिक दल, संघसंस्था, पत्रकार लगायत आम नागरिकहरु सचेत र सुरक्षित हुदै कोरोना विरुद्ध एकजुत हुन सम्पुर्णलाई आग्रह गर्नुभएको छ ।
छलफल कार्यक्रमले रुन्टीगढी गाउँपालिका क्षेत्र भित्रमा कोरोनाको संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाभित्र पर्ने सम्पुर्ण वजार क्षेत्रहरुलाई यहि जेष्ठ ३ गते राती १२ वजे देखि जेष्ठ १० गते राती १२ वजे सम्म स्वास्थ्य क्षेत्र वाहेक सम्पुर्ण गतिविधिहरु पुर्ण रुपमा वन्द थप गर्ने लगायतको निर्णय भएको बताईएको छ । अहिले सम्म रुन्टीगढी गाउँपालिकामा ३० जना कोरोना बाट संक्रमित भएका छन् भने २ जनाको मृत्यु भैसकेको छ ।
रुन्टीगढी गाउँपालिकामा भएका बैंकको हकमा भने सामाजिक सुरक्षा अपनाउदै आईतवार र बुधवार राष्ट्रिय वाणिज्य बंैक,सोमवार र विहिवार ग्लोवल आई.एम.इ. बैंक र मंगलवार र शुक्रवार कामना सेवा विकास बैंक लाई विहान ११ वजे देखि दिउसो १ वजेसम्म संचालन गर्नुपर्ने गाउँपालिकाद्धारा जारी गरिएको सुचनामा उल्लेख गरिएको छ ।