राष्ट्रिय युवा संघ रोल्पा द्धारा अग्नीपीडितहरुलाई राहत वितरण

होलेरी रोल्पा बैशाख १९ गते आईतवार रोल्पाको त्रिवेणि गाउँपालिकाको भाङ्गोवारीमा राष्ट्रिय युवा संघ रोल्पाले त्रिवेणि तथा रुन्टीगढी गाउँपालिकाका अग्नीपीडितहरुलाई राहत वितरण गरेको छ । यहि बैशाख १३ गतेदेखि १६ गतेसम्म जंगलमा लागेको आगो बस्तिमा फैलिएर त्रिबेणि गाउँपालिका २ को चेत्रे, धानबाङ, कापडाँडा, पिराले, बर्तिबाङ, त्रिबेणि ६ र ३ नं. वडा साथै रुन्टिगढि गाउँपालिका ९ गुनाम गरि ३७ घर र ११ गोठ पुर्ण रुपमा जलेर नष्ट भएका थिए। युवा संघले त्रिबेणि २ भाङ्गोबारिमा ३७ घरधुरिका सबै १ सय ७० जना परिवारलाई करिब सवा २ लाख बराबरको कपडा बितरण गरिएको राष्ट्रिय युवा संघ रोल्पाका अध्यक्ष प्रेम बिकले जानकारी दिनुभयो। हिजो शनिबार पिडितहरुको स्थलगत अनुगमन गरेर पिडितहरुको माग बमोजिम लगाउने कपडा बितरण गरिएको र १ सय जना स्वयंसेवक युवाहरु परिचालन गरि २ दिन सम्म र आबश्यक परे दिन थप गरेर पिडितको घर निर्माण कार्यमा सहयोग गर्ने निर्णय समेत गरेको संयोजक बिकले बताउनुभयो। आगलागी वाट पिडित नागरिकहरु लाई केहि दिन अगाडी नेकपा एमाले ,नेकपा माओवादी केन्द्र, नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न संघ संस्था वाट राहत वितरण गरिएको थियो । लत्ताकपडा बुझ्दै अग्निपिडितहरुले बर्षायाम सुरु हुन लागेकाले बस्नको लागि बैकल्पिक घर र अन्य सहयोगहरु गरिदिन समेत अनुरोध गरेका छन्। राहत वितरण कार्यमा संयोजक बिक सहित नेकपा एमाले लुम्विनी प्रदेश सचिवालय सदस्य एवं त्रिवेणि गाउँपालिकाका अध्यक्ष शान्त कुमार वली, नेकपा एमाले लुम्विनी प्रदेश सचिवालय सदस्य एवं रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढा, नेकपा एमाले लुम्विनी प्रदेश सचिवालय सदस्य ईश्वरी जिएम,रोल्पा जिल्ला सचिव निम प्रसाद रोका, रुन्टिगढि ९ का अध्यक्ष नेप बहादुर थापा, त्रिबेणि २ का वडाअध्यक्ष कबिराज बुढा, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य मिन बहादुर महरा, केशब बुढा, आकाश डाँगी लगायत राष्ट्रिय युवा संघ रोल्पाका पदाधिकारीहरु ,स्थानिय समाजसेवी, पत्रकारको उपस्थितीमा राहत वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा बोल्दै नेकपा एमाले लुम्विनी प्रदेश सचिवालय सदस्य ईश्वरी जिएम ले नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ रोल्पाले गरेको यो सानो कदम अग्नी पिडितहरुलाई थोरै भएपनि मलहम लगाउने प्रयास भएको भन्दै आगामी दिनहरुमा पनि गरिव दिनदुखीहरुको मलहम भएर जनताको सुखदुखमा हातेमालो गर्न सम्पुर्ण लाई आग्रह गर्नु भएको छ। राहत वितरण कार्यले जनतामाझ थोरै खुसी ल्याएपनि अझै दुईवटा गाउँपालिकाका अग्नीपिडित हरुलाई ब्यवस्थापन गर्नको लागी प्रदेश र संघिय सरकार संग सहयोगको लागी पहल भैरहेको नेकपा एमाले लुम्विनी प्रदेश सचिवालय सदस्य एवं त्रिवेणि गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलीले वताउनु भएको छ । फरक प्रसंगमा बोल्दै नेकपा एमाले लुम्विनी प्रदेश सचिवालय सदस्य एवं रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढाले राष्ट्रिय युवा संघ रोल्पाको यो कार्य सह्रायिन भएको भन्दै अग्नीपिडितहरु लाई आवासको लागी माथिल्लो निकायमा पहल भैरहेको जानकारी दिनुभएको छ । साथै यो परिस्थिती मा पिडितहरु प्रती सहयोग गर्नको लागी सहयोगी मनहरुलाई हार्दिक अपिल समेत गर्नुभएको छ ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 273 Heights of Runtigadi.ic.