Type Here to Get Search Results !

कोरोनाको कारण रुन्टीगढी रोल्पामा फेरी बन्दावन्दी थपियो

होलेरी रोल्पा जेष्ठ १० गते सोमवार रुन्टीगढी गाउँपालिका होलेरी रोल्पामा सरोकारवाला विच कोरोना रोकथाम सम्वन्धी विशेष छलफल भएको छ । विश्वमा कोरोना महामारीले आक्रान्त पारिरहेको यो समयमा बढ्दो कोरोना संक्रमणलाई रोकथाम गर्नको लागी आ आफ्नो क्षेत्रमा के कसरी सहयोग गरी रोकथाम तथा न्युनीकरण गर्न सकिन्छ भन्ने वारेमा छलफल भएको हो । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा को अध्यक्षतामा बसेको बैठकले रुन्टीगढी गाउँपालिका क्षेत्र भित्रमा कोरोनाको संक्रमणको अवस्थालाई मध्यनजर गर्दै र गाउँपालिकाका कर्मचारीहरुलाई समेत कोरोना संक्रमण भएको हुँदा गाउँपालिकाभित्र का सम्पुर्ण क्षेत्रहरुलाई यहि जेष्ठ १० गते राती १२ वजे देखि जेष्ठ २० गते राती १२ वजे सम्म स्वास्थ्य क्षेत्र वाहेक सम्पुर्ण गतिविधिहरु पुर्ण रुपमा वन्द गर्ने लगायतको निर्णय भएको बताईएको छ । बैंकहरुको हकमा भने पुर्व तालिका अनुसार सामाजिक सुरक्षाका मापडण्डहरु अपनाएर संचालन गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले जानकारी दिनुभएको छ । साथै रुन्टीगढी गाउँपालिकामा कोरोना परिक्षणलाई तिव्रता दिनको लागी कन्ट्रयाक ट्रेसिङमा रहेका ब्यक्ति तथा सम्भावित लक्षण देखिएका स्थानिय नागरिकहरुलाई होलेरी प्राथमिक स्वास्थ्य केन्द्रको पुरानो भवनमा आउदो जेष्ठ १२ गते विहान १० वजे देखि पिसिआरको लागी स्वाव संकलन गरिने समेत अध्यक्ष बुढाले जानकारी दिनुभएको छ ।