Type Here to Get Search Results !

ग्रिन फाउन्डेसन तथा वनमहासंघ द्धारा रुन्टीगढीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

होलेरी रोल्पा जेष्ठ १४ गते शुक्रवार रोल्पाको रुन्टीगढी गाउँपालिकामा रहेको कोरोना अस्पताललाई ग्रिन फाउन्डेसन नेपाल र रुन्टीगढी वन महासंघको सहकार्यमा एक कार्यक्रमका विच स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना महामारीको भयावहको अवस्थामा कोरोनालाई न्युनीकरण गर्नको लागी स्वास्थ्य सामाग्री वितरण गरिएको ग्रिन फाउन्डेसन नेपालका सुलभ अर्यालले जानकारी दिनुभएको छ। हस्तान्तरण कार्यक्रममा ५थान पिपिई सेट,१० लिटर हेन्ड सेनिटाईजर, १० थान फेस मास्क,४ पिस पल्सअक्सीमिटर लगायतको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताईको छ । स्वास्थ्य सामाग्री बुझ्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले कोरोना महामारी को यो समयमा कोरोना अस्पताललाई सहयोग गर्ने ग्रिन फाउन्डेसन नेपाल र वन महासंघ का सम्पुर्ण टिमलाई धन्यवाद दिदै कोरोना विरुद्धको लडाईमा उच्च मनोवलका साथमा सहयोग गर्न सम्पुर्णमा अपिल समेत गर्नुभएको छ । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश बुढा,बन महासंघ लुम्विनी प्रदेश सदस्य दिपेन्द्र नेपाली,रुन्टीगढी वनमहासंघका अध्यक्ष घन बहादुर घर्ती लगायतको उपस्थिती रहेको थियो ।