Type Here to Get Search Results !

गोल २ परियोजनावाट गाँउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण, रुन्टीगढीमा कोरोना संक्रमितको संख्या २२ पुग्यो

होलेरी रोल्पा बैशाख २२ गते अष्ट्रेलीयन एड को आर्थीक सहयोग आड्रा नेपाल, रुपान्तरण र ग्रामीण विकास तथा चेतना समाज (रुडास) नेपालको साझेदारीमा सञ्चालित कृषि तथा तथा जीविकोपार्जन प्रबर्धन (गोल दोश्रो) परियोजना बाट रुन्टीगढी गाँउपालिकालाई १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोभिड १९ कोरोना भाइरस को कारण हुने जोखिम लाई मध्यनजर गर्दै स्थानिय सरकार रुन्टीगढी गाँउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको गोल परियोजना २ का रुन्टीगढी संयोजक वासुदेव पोखे्रलले जानकारी दिनुभएको छ । आज देखी रोल्पा जिल्लामा निषेधाज्ञा जारी भएको समयमा रुन्टीगढी गाँउपालिकालाई परियोजनाले सेनिटाईजर, ह्याण्डवास,मास्क ,पीपीई,एन्टीजेन किट लगायतको सामाग्री गोल २ का गाउपालिका संयोजक बासुदेव पोखे्रलले हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै रुन्टीगढी गाँउपालिकाका अध्यक्ष बालाराम बुढाले गोल दोस्रो परियोजनाले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीले यस क्षेत्रमा कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो । यस्तै हिजो रोल्पाको होलेरीमा कन्ट्रयाक ट्रेसिङमा परेका र लक्षण देखिएका स्थानिय २७ जना नागरिकलाई एन्टीजेन विधि वाट कोरोना परिक्षण गरिएको थियो, जसमध्ये १२ जना लाई कोरोना पोजेटिभ भएको थियो ।अव रुन्टीगढी गाउँपालिकामा सक्रिय संक्रमितको संख्या २२ पुगेको छ ।