Type Here to Get Search Results !

रुन्टीगढी गाउँकार्यपालिकाको आकस्मिक बैठक सम्पन्न,१० वेडको आईसोलेसन थप गर्ने निर्णय

होलेरी रोल्पा बैशाख २२ गते रुन्टीगढी गाउँकार्यपालिकाको आकस्मिक बैठक मंगलवार गाउँपालिकामा सम्पन्न भएको छ । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षता मा वसेको बैठकको सहजीकरण प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराइले गर्नु भएको थियो । बैठकले कोरोना भाईरसको कारण जिल्ला प्रशासन कार्यालय रोल्पावाट जारी गरिएको सुचनाहरु लागु तथा कार्यान्वयन गर्ने,कोरोना भाईरस को लक्षण ,संक्रमित लगायत को जानकारी को लागी वडाहरुमा निगरानी समिती वनाई दैनिक रुपमा गाउँपालिकामा रिर्पोर्टिङ गर्ने,गाउँपालिकामा भएको १५ वेडको आईसोलेसन सेन्टर लाई २५ वेडको आईसोलेसन कक्ष निर्माण तत्काल गर्ने,कार्यपालिकाका सदस्य रुपलाल विकको सिघ्र स्वास्थ्य लाभको कामना संगै केहि दिन अगाडी परेको असिनापानी ले रुन्टीगढी का विभिन्न स्थान मा पारेको वालीनालीको क्षती को वारेमा स्थलगत अनुगमन गरी गाउँपालिकामा प्रतिवेदन पेस गर्न सम्वन्धीत शाखालाई जिम्मा दिने लगायत को निर्णय भएको गाउँपालिकाका प्रवक्ता जगत बहादुर घर्ती ले जानकारी दिनुभएको छ ।