Type Here to Get Search Results !

बैशाख २८ वाट रुन्टीगढी गाउँपालिकाका वजारक्षेत्रहरुमा सम्पुर्ण गतिविधि बन्द गरिदै

होलेरी रोल्पा बैशाख २७ गते आइतवार रुन्टीगढी गाउँपालिका होलेरी रोल्पामा सरोकारवाला विच कोरोना रोकथाम सम्वन्धी विशेष छलफल भएको छ । विश्वमा कोरोना महामारीले आक्रान्त पारिरहेको यो समयमा बढ्दो कोरोना संक्रमणलाई रोकथाम गर्नको लागी आ आफ्नो क्षेत्रमा के कसरी सहयोग गरी रोकथाम तथा न्युनीकरण गर्न सकिन्छ भन्ने वारेमा छलफल भएको हो । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा को अध्यक्षतामा बसेको छलफल कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई, ईलाका प्रहरी कार्यालय होलेरी का प्रहरी निरिक्षक जिवराज थापा क्षेत्री उद्योग वाणिज्य संघ रोल्पाका सदस्य गोविन्द पुन, नेपाली कांगे्रस रुन्टीगढी गाउँपालिकाका सचिव चेतलाल खत्री ,प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका डा. विशाल कवँर,होलेरी वजार व्यवस्थापन समितीका अध्यक्ष भुपाल वस्नेत, विभिन्न बैङ्क तथा वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधि,पत्रकार लगायतको उपस्थितीमा छलफल कार्यक्रम गरिएको हो । छलफल कार्यक्रममा उपस्थित सम्पुर्णले कोरोना रोकथामकोलागी आ आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बुढाले कोरोना महामारी को यो समयमा स्थानिय सरकारले हेल्पडेस्क स्थापना, रुन्टीगढी आईसोलेसन सेन्टर को सुरुवात एन्टीजेन विधिवाट परिक्षण लगायत भरपुर प्रयासका कार्यहरु गरिरहेको भन्दै यो कोरोना महामारीको समयमा सम्पुर्ण राजनितिक दल, संघसंस्था, पत्रकार लगायत आम नागरिकहरु सचेत र सुरक्षित हुदै सहयोग गर्न सम्पुर्णलाई आग्रह गर्नुभएको छ । फरक प्रसंगमा वोल्दै अध्यक्ष बुढाले आबश्यक परेको खण्डमा गाउँपालिकाको गाडीलाई एम्वुलेन्सको रुपमा प्रयोग गर्न पनि सकिने उहाँले वताउनुभयो । छलफल कार्यक्रमले रुन्टीगढी गाउँपालिका क्षेत्र भित्रमा कोरोनाको संक्रमणको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाभित्र पर्ने सम्पुर्ण वजार क्षेत्रहरुलाई यहि बैशाख २८ गते विहान ६ वजे देखि जेष्ठ ३ गते राती १२ वजे सम्म स्वास्थ्य क्षेत्र वाहेक सम्पुर्ण गतिविधिहरु पुर्ण रुपमा वन्द गर्ने लगायतको निर्णय भएको बताईएको छ । अहिले सम्म रुन्टीगढी गाउँपालिकामा २६ जना कोरोना बाट संक्रमित भएका छन्।