Type Here to Get Search Results !

रुन्टीगढीलाई रेडक्रस रोल्पाद्धारा स्वास्थ्य सामाग्री सहयोग, वस्तीस्तरमै कोरोना परिक्षण हुँदै

होलेरी रोल्पा जेष्ठ २० गते विहिवार रोल्पाको रुन्टीगढी गाउँपालिकामा रहेको रुन्टीगढी आईसोलेसन तथा हेल्पडेस्कलाई एक कार्यक्रमका विच रेडक्रस रोल्पाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विश्वमा कोरोना महामारीको भयावहको अवस्थामा भैरेहेको र नेपालमा पनि समुदाय स्तरमा कारोना ब्यापक रुपमा बृद्धी भैरहेकोले कोरोनालाई न्युनीकरण गर्नको लागी स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको रेडक्रस रोल्पाका सहकोषाध्क्ष लक्षिराम थापाले जानकारी दिनुभएको छ। हस्तान्तरण कार्यक्रममा ३ थान पिपिई सेट,१०० एम एल को २८ पिस हेन्ड सेनिटाईजर, १५००पिस फेस मास्क,४० पिस के ९५ मास्क,सर्जिकल ग्लोव्स ८०० पिस,थर्मल गन १थान ,महिला मर्यादा सामाग्री १० सेट,पल्स अक्सिमिटर लगायतको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताईको छ । स्वास्थ्य सामाग्री बुझ्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले कोरोना महामारीको यो समयमा रुन्टीगढी आईसोलेसन तथा हेल्पडेस्कलाई सहयोग गर्ने रेडक्रस रोल्पाका सभापती डिवि घर्ती लगायत सम्पुर्ण टिमलाई धन्यवाद दिदै कोरोना विरुद्धको लडाईमा उच्च मनोवलका साथमा सहयोग गर्न सम्पुर्णमा अपिल समेत गर्नुभएको छ । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका सामाजिक विकास संयोजक याम बहादुर दशौदी राना, निमित्त प्रमुख प्रशासकिय अधिकृत झग्गु के.सी., इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी नायव निरिक्षक नारायण जि.सी.,स्वास्थ्य शाखा प्रमुख गणेश बुढा,रेडक्रस रोल्पाका कोषाध्यक्ष भिम बहादुर बुढा,कार्यालय प्रमुख एम. के पुन ,परियोजना लेखापाल खिम वली लगायतको उपस्थिती रहेको थियो । यस्तै विहिवार रोल्पाको रुन्टीगढी गाउँपालिकामा आकस्मीक सर्वपक्षिय बैठक सम्पन्न गरेको छ । कोरोना महामारीलाई न्युनीकरण गर्नको लागी समुदायस्तरमा केकस्ता क्रियाकलाप गर्न सकिन्छ भन्ने विषयमा सर्वपक्षिय छलफल गरिएको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बलाराम बुढाले जानकारी दिनुभएको छ । बैठकले रोल्पा जिल्लाको डिसिसिएमसि को बैठकको निर्णयलाई मध्यनजर गर्दै रुन्टीगढी गाउँपालिकामा रहेका अत्यावश्यक सेवाहरु,स्वास्थ्य क्षेत्र,बैंक तथा कृषिएग्रोभेट पसलहरु सामाजिक सुरक्षाका मापडण्डहरु अपनाउदै सबै वार सञ्चालन गर्ने तथा अन्य सम्पुर्ण क्रियाकलापहरु आगामी जेष्ठ ३१ गते राती १२ वजेसम्म बन्द गर्ने निर्णय भएको जानकारी दिनुभएको छ । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा बसेको आकस्मीक सर्वपक्षिय बैठकमा उद्योग बाणिज्य संघ रोल्पा का गोविन्द पुन,नेपाली कांगे्रस रुन्टीगढीका सभापती जनक पुन,नेकपा एमाले रुन्टीगढी गाउँ संगठन कमिटी का संयोजक गोपाल डाँगी लगायतको उपस्थिीती मा विभिन्न निणयहरु गरेको हो । समुदायस्तरमा कोरोनाले भयावह अवस्था सिर्जना गरेको भन्दै अव रुन्टीगढी गाउँपालिकाले वडाहरुका विभिन्न स्थानहरुमा कोरोना परिक्षण गर्ने भएको छ। जस अन्र्तगत कोरोनाका संकास्पद लक्षण देखिएका स्थानिय नागरिकहरुलाई यहि मिती २०७८ जेष्ठ २३ गते वडा नं १,२,३र४ को लिवाङीआँप र मसिनाको स्वास्थ्य चौकीमा कोरोना परिक्षण गरिने यस्तै जेष्ठ २४ गते वडा नं ५ को धौलावाङको स्वास्थ्य चौकी र वडा नं ६ को डुव्रिङ स्वास्थ्य चौकी मा कोरोना परिक्षण गरिने भएको छ। यस्तै जेष्ठ २५ गते ७ नं वडाको वलवाङ,८ नं वडाको मगरगोरी र ९ नं वडाको सर्पाल मा कोरोना परिक्षण गर्न लागेको बताईएको छ । रोल्पाको होलेरीमा भने प्रत्येक हप्ताको शनिवार कोरोना परिक्षण गरिने गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश बुढाले जानकारी दिनुभएको छ।