Type Here to Get Search Results !

रुन्टीगढी रोल्पामा छुटेका सवै स्थानिय नागरिकहरुलाई ब्यक्तिगत घटनादर्ता गराउने अभियान बुधवार सम्पन्न

१६,असार होलेरी रोल्पा रुन्टीगढी गाउँपालिका रोल्पामा छुटेका सवै स्थानिय नागरिकहरुलाई ब्यक्तिगत घटनादर्ता गराउने अभियान बुधवार सम्पन्न भएको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागको कार्यक्रम अनुसार रुन्टीगढी गाउँपालिकाको ९ वटै वडाहरुका फरक फरक स्थानमा गरी २७ वटा टोलहरुमा ब्यक्तिगत घटनादर्ता ( जन्म,मृत्यु,वसाइसराई,सम्वन्ध विच्छेद) र सामाजिक सुरक्षा भत्ताका दर्ताका लागी गाउँपालिकाका टोलटोलमा दर्ता शिविर संचालन गरी दर्ता गर्न छुटेका सवै स्थानिय नागरिकहरुलाई दर्ता गराउने अन्र्तगतका अभियान बुधवार सम्पन्न भएको छ। उक्त अभियान असार ४ गते देखी संचालन भएको र बुधवार सम्पन्न भएको वताइएको छ । सेवा प्रदायक संस्था राप्ती पोलिटेक्नीकल ईन्स्टिच्युट दाङ र सगुन संचार प्रालि नेपालगंजवाट पठाइएका दर्ता कर्मचारीहरुलाई गाउँपालिकावाट तालिम प्रदान गरी २३ जना कर्मचारी हरु लाई उक्त अभियानमा परिचालन गरिएको हो । २ चरणमा संचालन गरिएको उक्त अभियानवाट ४७५ जना स्थानिय नागरिकहरुले प्रत्यक्ष सेवा लिएको रुन्टीगढी गाउँपालिका पंजीकरण शाखाका प्रमुख ध्रुवप्रकाश मल्लले जानकारी दिनुभएको छ।